शहिद नेत्रलाल अभागि प्राविधिक शिक्षालय, शा.न.पा. 3 सल्यानमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ।

samachar

2079-6-12

जिल्ला सरकारी वकील कार्यालय, सल्यानको आयोजनामा समुदायमा सरकारी वकील कार्यक्रम २०७९ असोज 07 गते शुक्रवारको दिन सल्यानको शारदा नगरपालिका वडा नं 03 स्थित शहिद नेत्रलाल अभागि प्राविधिक शिक्षालयमा सम्पन्न भएको छ।

उक्त कार्यक्रममा सहभागीहरुलाई सरकारी वकीलको परिचय, सरकारवादी मुद्दाहरू र समुदायबाट गरिएको अपेक्षाका विषयमा जिल्ला सरकारी वकील कार्यालय सल्यानका जिल्ला न्यायाधिवक्ता श्री  जय प्रसाद धितालज्युले कार्यपत्र प्रस्तुत गरी जानकारी गराउनुभएको थियो ।

उहाँले पीडित व्यक्तिले आफू अपराधबाट पीडित भएमा त्यसको जानकारी प्रहरीकहाँ निवेदन र जाहेरी लिएर जानुका साथै परिवार र समाजले समेत दोषीलाई कारबाही गर्नमा प्रहरीलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

शहिद नेत्रलाल अभागि प्राविधिक शिक्षालयका शिक्षालय प्रमुख श्री नन्द प्रसाद चौलागाईँले कार्यक्रमले सहभागी विद्यार्थिहरुलाई अपराध रोकथाम गर्न र अपराधको घटना घटेपछि अनुसन्धानमा प्रहरीलाई सहयोग गर्न समुदायले निभाउनुपर्ने भूमिकाबारे कानूनी सचेतना जगाउन महत्वपूर्ण भएको बताउदै आयोजक जिल्ला सरकारी वकिल कार्यालय, सल्यानलाई धन्यवाद दिनुभयो ।उहाँले लागूऔषध जस्ता दुर्ब्यसनमा युवाहरुको जमात बढ्दै गएकाले परिवार र समाज सबैको निगरानी यस्ता कुलतबाट युवाहरुलाई जोगाउनमा हुनुपर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा सहभागीहरुले राखेको जिज्ञाशाको सम्बोधन जिल्ला सरकारी वकील कार्यालय सल्यानका जिल्ला न्यायाधिवक्ता श्री जय प्रसाद धितालले गर्नुभएको थियो ।

कार्यक्रममा ६0 जनाको सहभागीता रहेको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments