• समाचार
  • समाचार
  • जिल्ला सरकारी वकील कार्यालय म्याग्दीले संविधान र कानुन बमोजिम सम्पादन गर्ने काम कारवाहीका सम्बन्धमा कुनै सल्लाह‚ सुझाव‚ जिज्ञासा वा गुनासो भए जिल्ला सरकारी वकील कार्यालयको फोन नं ०६९-५२०२१६ वा कार्यालयको इमेलः- dgao.myagdi@ag.gov.np वा jisawakamyagdi@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ ।
  • यहाँहरुलाई जिल्ला सरकारी वकील कार्यालय म्याग्दीमा हार्दिक स्वागत छ ।

परिचय

नेपालको संविधान २०७२ को भाग १२ मा महान्यायाधिवक्ता सम्बन्धी ब्यवस्था रहेको र सो मातहत उच्च सरकारी वकील कार्यालयहरु र प्रत्येक जिल्लामा सरकारी वकील कार्यालयहरु रहेका छन । 

        यस जिल्ला सरकारी वकील कार्यालय म्याग्दी बेनी पवित्र कालीगण्डकी नदीको तटमा म्याग्दी खोलाको संगम स्थल बेनी बजारमा अवस्थित छ‚ यस कार्यालयले म्याग्दी जिल्ला बे.न.पा ७ स्थित बालमन्दिरचोक बेनी बजारमा आफ्नै भवनबाट सेवा प्रवाह गरिरहेको छ ।  

      यस कार्यालयमा जिल्ला न्यायाधिवक्ता (रा.प द्धितिय) कार्यालय प्रमुख‚ सहायक जिल्ला न्यायाधिवक्ता (रा.प.तृतिय) १‚ नायब सुब्बा १‚ खरिदार १‚ सहायक कम्प्युटर अपरेटर १‚ हलुका सवारी चालक १ र अन्य सहयोगी कर्मचारी ३ जना गरी जम्मा ९ जनाको दरबन्दी रहेको छ ।

      यस कार्यालयबाट नेपाल सरकारको तर्फबाट चलाइने मुद्दाहरूको सन्दर्भमा सम्बन्धित अदालत वा न्यायिक अधिकारी समक्ष अभियोगपत्र वा कानुन बमोजिम फिरादपत्र दर्ता गर्ने, मुद्दाको बहस पैरवी र प्रतिरक्षा गर्ने एवं कानूनी राय सल्लाह प्रदान गर्ने जस्ता प्रमुख कार्यहरु सम्पादन हुने गर्दछ ।

      यस कार्यालयमा निम्नलिखित शाखाहरु रहेका छन

१. योजना कार्यान्वयन शाखाः- योजना तर्जुमा तथा कार्यान्यन गर्ने । २.  मुद्धा शाखाः- मिसिल कागजात व्यवस्थापन गर्ने, अभियोग तयार गर्ने‚ CMS Data Entry गर्ने‚ पुनरावेदन‚ ७३ नं. निवेदन‚ अन्य निवेदन र पत्र तयार गर्ने लगायतका कार्यहरु गर्ने । ३.लेखा तथा जिन्सी शाखाः- कार्यालयको लेखाको अभिलेख राख्ने तथा जिन्सी सामानहरुको ब्यवस्थापन गर्ने । ४.पिडित तथा साक्षी संरक्षण शाखाः- पीडित तथा साक्षीलाई कानुनी परामर्श दिने‚ बकपत्रका लागि अदालतमा सहजीकरण गर्ने‚ सम्बन्धीत मुद्धामा सुचना दिने प्रयोजनका लागि सम्पर्क ब्यक्ति समेत तोकिएको छ । ५. प्रशासन शाखाः- कार्यालयको दैनिक प्रशासनिक कार्यहरु गर्ने । ६. पुनरावेदन शाखाः- पुनराबेदन गर्ने नगर्ने प्रस्ताब तयार गरी जिल्ला न्यायाधिवक्ता समक्ष पेश गर्ने ।

      यस कार्यालयको काम कारवाही र सुचना सम्बन्धी अन्य जानकारीका लागि यस कार्यालयको वडापत्र हेर्न तथा सुचना अधिकारी एंव सम्पर्क ब्यक्तिलाई समेत सम्पर्क गर्न सकिनेछ ।


प्रदेश सरकार तथा स्थानीय तहको लिखित जवाफ तथा प्रतिरक्षा सम्बन्धमा ।


आ.ब. २०७९-८० को बार्षिक प्रतिवेदन


सजायमा छुट दिने मागदाबी सम्बन्धी निर्देशिका, २०८० ।


नेपाल सरकार वादी हुने फौजदारी मुद्दामा मिलापत्र गर्ने आदेश गर्दा अपनाउनुपर्ने मापदण्ड सम्बन्धमा ।


वैकिङ्ग (कसूर तथा सजाय) ऐन, २०६४ को दफा ३(ग) बमोजिमको चेक बाउन्स मुद्दा र विद्दुतिय कारोबार ऐन, २०६३ अन्तर्गतको साईबर क्राइम सम्बन्धी मुद्दाको सुनुवाईको क्षेत्रअधिकार ७७ वटै जिल्ला अदालतलाई प्रदान गर्ने सम्बन्धी राजपत्र


यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने ऐन, २०७९


मिति २०७६ जेठ २० गते संशोधन भएको बाल न्याय सम्पादन कार्यविधि नियमावली, २०७६ ।


मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५


सरकारी वकील तथा सरकारी वकीलको कार्यालयमा कार्यरत कर्मचारीहरुको आचारसंहिता, २०७५


Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.