अनुसन्धानकर्ता र अभियोजनकर्ता बिचको समन्वय/समिक्षा बैठक

samachar

2080-5-12

मिति २०८०।०५।११ गते जिल्ला सरकारी वकील कार्यालय म्याग्दीमा जिल्ला न्यायाधिवक्ता श्री खेमराज पाठक ज्युको संयोजकत्वमा यस कार्यालयका कर्मचारीहरु र जिल्ला प्रहरी कार्यालय म्याग्दी, मुद्दा शाखाका प्रहरी कर्मचारीहरु बिच भएको बैठकमा महान्यायाधिवक्ताको कार्यालयबाट यस कार्यालयमा प्राप्त भएको र प्रहरी प्रधान कार्यालयबाट प्रहरी कार्यालयमा विभिन्न मितिमा प्राप्त प्रतिवद्धता र परिपत्रहरु प्रभावकारी रुपमा कार्यान्वयन गर्ने, अनुसन्धानको क्रममा फरार प्रतिवादी उपस्थित गराउन नसकिएको तथा अदालतमा बकपत्रको लागि साक्षी उपस्थित गराउन नसकिएको अवस्थामा कारण खुलाई मुचुल्का तयार गरी पेश गर्ने, प्रतिवादीको वयान तथा साक्षीहरुको घटना विवरण कागज गर्दा जाहेरी दरखास्त, घटनास्थल मुचुल्का, पीडित तथा पीडकको उमेर खुल्ने कागजातहरुको आधारमा कागज गर्ने, प्रतिवादी नखुलेको (तामेली) मुद्दाको जाहेरी दरखात दर्ता पश्चात प्रारम्भिक प्रतिवेदन यस कार्यालयमा पठाउने तथा तामेली मुद्दाहरुको अन्तिम निर्णयको लागि मुद्दाको हदम्याद सकिनु भन्दा कम्तीमा एक महिना अगावै अनुसन्धान प्रतिवेदन सहित जिल्ला सरकारी वकील कार्यालय म्याग्दीमा पेश गर्ने लगायतका विषयमा छलफल र निर्णय गरियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

प्रदेश सरकार तथा स्थानीय तहको लिखित जवाफ तथा प्रतिरक्षा सम्बन्धमा ।


आ.ब. २०७९-८० को बार्षिक प्रतिवेदन


सजायमा छुट दिने मागदाबी सम्बन्धी निर्देशिका, २०८० ।


नेपाल सरकार वादी हुने फौजदारी मुद्दामा मिलापत्र गर्ने आदेश गर्दा अपनाउनुपर्ने मापदण्ड सम्बन्धमा ।


वैकिङ्ग (कसूर तथा सजाय) ऐन, २०६४ को दफा ३(ग) बमोजिमको चेक बाउन्स मुद्दा र विद्दुतिय कारोबार ऐन, २०६३ अन्तर्गतको साईबर क्राइम सम्बन्धी मुद्दाको सुनुवाईको क्षेत्रअधिकार ७७ वटै जिल्ला अदालतलाई प्रदान गर्ने सम्बन्धी राजपत्र


यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने ऐन, २०७९


मिति २०७६ जेठ २० गते संशोधन भएको बाल न्याय सम्पादन कार्यविधि नियमावली, २०७६ ।


मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५


सरकारी वकील तथा सरकारी वकीलको कार्यालयमा कार्यरत कर्मचारीहरुको आचारसंहिता, २०७५