जिल्ला सरकारी वकील कार्यालय, कन्चनपुर
2019-03-25
सहभागीको नाम तथा ईमेल नम्बरहरु
नेपालगंज तालिममा सहभागिता सम्बन्धमा
मिति २०८१।११।२८ गतेका दिन सुुदुरपश्चिम विश्वविद्यालय कानुन संकाय मा श्री उच्च सरकारी वकील कार्यालय महेन्द्रनगर र श्री जिल्ला सरकारी वकील कार्यालय कंचनपुरले संयु्क्तरुपमा समुदायमा सरकारी वकील कार्यक्रम संचालन भएको छ। कार्यक्रमको संचालन सहायक जिल्ला न्यायाधिवक्ता श्री हरि प्रसाद उपाध्यायले गर्नु भएको थियो । कार्यक्रममा श्री उच्च सरकारी वकील कार्यालय महेन्द्रनगरका निमित्त सहन्यायाधिवक्ता श्री धर्मराज जोशी , श्री जिल्ला सरकारी वकील कार्यालय कंचनपुरका जिल्ला न्यायाधिवक्ता श्री फटिकराज मुडभरी र कानुन संकाय तर्फका प्राध्यापकहरु समेतले कार्यक्रमको वारेमा जानकारी गराउनु भएको थियो ।कानुन संकायका करिव ६०/६५ विद्यार्थी समावेश रहेका थिए ।