अनुसन्धान तथा अभियोजन विषयमा छलफल

samachar

2082-10-27

उच्च सरकारी वकील कार्यालय महेन्द्रनगर तथा मातहतका जिल्ला सरकारी वकील कार्यालयका प्रमुखहरु बिच अनुसन्धान तथा अभियोजन विषयमा छलफल मिति २०८२।१०।२५ गते सम्पन्न भएको छ। भर्चुअल रुपमा Zoom Link मार्फत सञ्चालन भएको उक्त छलफल कार्यक्रम उच्च सरकारी वकील कार्यालय, महेन्द्रनगरका नि. सहन्यायाधिवक्ता श्री फटिकराज मुडभरीको अध्यक्षता र मातहतका जिल्ला सरकारी वकील कार्यालका प्रमुखहरुको उपस्थितिमा सम्पन्न भएको थियो ।

छलफल कार्यक्रममा हाल सञ्चालनमा रहेका मुद्दाहरूको अवस्था, अभियोजन प्रक्रियामा देखिएका बाधा अड्चन, पुनरावेदन मस्यौदामा गर्नुपर्ने सुधारका साथै तथ्य, प्रमाण कानून र नजिरको सम्बन्धमा, कसूरको अनुसन्धान र अभियोनमा प्रभावकारिताका सम्बन्धमा, सम्बद्ध कसूर र सम्पत्ति शुद्धिकरण कसूरको अनुसन्धान र अभियोजन लगायतका विषयमा विस्तृत छलफल गरिएको थियो। साथै, अदालतमा पेश हुने मुद्दाको गुणस्तर अभिवृद्धि, प्रमाण संकलन तथा अभियोजनमा एकरूपता ल्याउने विषयमा पनि जोड दिइएको थियो ।

कार्यक्रममा सहभागी सरकारी वकीलहरूले आ–आफ्ना कार्यालय अन्तर्गतबाट भए गरेका कामकारवाहीका विषयहरुमा आ-आफ्नो अनुभव र सुझावहरू आदान–प्रदान गरेका थिए । छलफल कार्यक्रमले कानून कार्यान्वयनलाई प्रभावकारी बनाउन आपसी समन्वय, सहकार्य र क्षमता अभिवृद्धि आवश्यक रहेको निष्कर्ष निकालेको छ । सो छलफलमा जिल्ला सरकारी वकील कार्यालय, कञ्चनपुरबाट श्री प्रकाश बहादुर भण्डारी, जिल्ला सरकारी वकील कार्यालय, डडेल्धुराबाट श्री तारा सिंह धामी, जिल्ला सरकारी वकील कार्यालय, बैतडीबाट श्री मोहनी प्रसाद जोशी, जिल्ला सरकारी वकील कार्यालय, दार्चुलाबाट श्री गौर सिंह महर तथा उच्च सरकारी वकील कार्यालय, महेन्द्रनगरबाट सहायक न्यायाधिवक्ता श्री ईश्‍वर कुमार आग्री सहभागी हनु भएको थियो भने  Zoom Link मार्फत कार्यक्रम सम्पन्न गर्न ना.सु श्री राम प्रवेश राना, ना.सु. श्री धौले सार्की, ना.सु. श्री हरिहर भट्ट, ना.सु. श्री असोक नाथ, क.अ. श्री किरन सिंह र स.क.अ. श्री महेश भट्टले सहजिकरण गर्नुभएको थियो।

छलफल कार्यक्रमबाट सरकारी वकीलहरूको भूमिकालाई अझ सशक्त बनाउँदै न्याय सम्पादन प्रक्रियालाई प्रभावकारी र विश्वासिलो बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।


संलग्न जोडिएका विवरणहरु

No Attachments