2081-8-6
मिति २०८१।०८।०४ गते जिल्ला सरकारी वकील कार्यालय बझाङ्गका सहायक जिल्ला न्यायाधिवक्ता गौर सिंह महर र जिल्ला प्रहरी कार्यालय बझाङ्गका प्रहरी निरीक्षक किशोर जोशीज्यु को उपस्थिमा जालपा माध्यमिक विद्यालय चैनपुर, बझाङ्गमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थिहरु सँग समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरियो । जसमा न्यायाधिवक्ता महरले सरकारी वकिलको काम, कर्तव्य, सरकारी वकील कार्यालयले दिने सेवाहरु लगायत विभिन्न मुद्दाहरुको बारेमा जानकारी गराउनु भयो । त्यस्तै प्र.नि जोशीले समुदायमा हुने विभिन्न अपराध, लागुपदार्थ, Cyber Crime लगायतका विषयहरुमा विद्यार्थिहरुलाई जानकारी गराउनु भयो ।