samachar

2081-6-14

आज मिति २०८१।०६।१३ गते जिल्ला सरकारी वकिल कार्यालय जाजरकोटका जिल्ला न्यायाधिवक्ता श्री नविन कुमार भट्टको संयोजकत्वमा अनुसन्धान अधिकृत तथा अनुसन्धानमा संलग्न अन्य प्रहरी कर्मचारीहरु र अभियोजनकर्ता सरकारी वकिल तथा अभियोजनमा संलग्न अन्य कर्मचारीहरु विच नियमित मासिक बैठक बसी तपसिल बमोजिमका विषयमा  निर्णय गरियो ।

निर्णय नं. १ परिक्षण रिपोर्टमा ब्लड डि कम्पोज देखिएको हुनाले के कसरी त्यस्तो परिक्षण रिपोर्ट देखिएको हो, यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय जाजरकोटको अपराध अनुसन्धान शाखामा लेखि पठाउने निर्णय गरियो ।

निर्णय नं. २ रु १० लाख भन्दा माथिको बैकिङ कसुर मुद्दामा  आयो भने अनिवार्य स्रोत खुलाउनु पर्ने, १० लाख भन्दा कम रकमको मुद्दामा प्रतिवादीलाई पैसा दिइएको माध्यम वा प्रमाणित कागजातहरु अनिवार्य खुलाउनु पर्ने निर्णय गरियो ।

निर्णय नं. ३ अनुसन्धान गर्दै जाँदा तत्काल कसुर कायम हो भन्ने पुष्टि नभएको अवस्थामा प्रहरी हिरासतमा राख्न उपयूक्त नदेखिएमा धरौटीमा छाड्ने निर्णय गरियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments