समुदायमा सरकारी वकील २०८०/१२/०६

samachar

2080-12-8

मिति २०८०/१२/०६ गते श्री जनज्योती मा.बि. क.न.पा. ०५ सिन्धुलीमा समुदायमा सरकारी वकील कार्यक्रम संचालन भएको थियो । जसमा कार्यक्रमको अध्यक्षता सोही विद्यालयका स.प्र.अ. श्री यम प्रसाद पाण्डेले गर्नु भएको थियो । कार्यक्रमको संचालन सहायक जिल्ला न्यायाधिवक्ता अमृता देवकोटाले  गर्नु भएको थियो भने कार्यपत्र प्रस्तुत गर्दै कार्यक्रमको सहजीकरण जिल्ला न्यायाधिवक्ता भीमसेन काफ्लेले गर्नु भएको थियो । कार्यक्रममा महिला ३८ र पुरुष २२ गरी ६० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।  सो कार्यक्रममा फौजदारी संहिता र देवानी संहिताको संक्षिप्त जानकारी,फौजदारी न्याय प्रकृया, अनुसन्धान, अभियोजन तथा कानूनी सहायता, पीडितको अधिकार र साक्षीको संरक्षण, समुदायमा फौजदारी न्याय प्रकृया र सरकारी वकीलको भूमिका, अपराधा अनुसन्धानमा समुदायको दायित्व लगायतका विषयमा छलफल भएको थियो । कार्यक्रमको समापन मन्तव्य विद्यालयका सहायक प्रधानाध्यापक श्री यम प्रसाद पाण्डेले गर्नुर भएको थियो । 


संलग्न जोडिएका विवरणहरु

श्री जनज्योती मा.वि. क.न.पा. ०५ फोस्रेटार सिन्धुली download