समुदायमा सकारी वकिल कार्यक्रम २०८०

samachar

2080-6-24


संलग्न जोडिएका विवरणहरु

मिति २०८०/०६/१९ गते कमलामाई न.पा.-६ स्थित गौमती मा.वि./गौमती बहुमुखी क्याम्पसमा समुदायमा सरकारी वकिल कार्यक्रम संचालन गरिएको थियो । जसमा कार्यक्रमको अध्यक्षता अधिवक्ता तथा सोही विद्यालयका शिक्षक श्री विष्णु फुयालले गर्नु भएको थियो । कार्यक्रमको संचालन सहायक जिल्ला न्यायाधिवक्ता अमृता देवकोटाले गर्नु भएको थियो भने कार्यपत्र प्रस्तुत गर्दै कार्यक्रमको सहजिकरण जिल्ला न्यायाधिवक्ता भीमसेन काफ्लेले गर्नु भएको थियो । कार्यक्रममा जिल्ला कानूनी सहायता समितिका अधिवक्ता प्रविण हायु लगाएत ७० जनाको उपस्थिति तथा सहभागिता रहेको थियो ।जिल्ला सरकारी वकील कार्यालय सिन्धुलीले न्यायमा सहज पहुँच पुर्‍याउने उद्देश्यले विद्यालय/ समुदायका बीचमा आएर अन्तर्किया, छलफल गरी कानुनी सचेतना सञ्चार गर्ने उद्देश्यले समुदायमा सरकारी वकील कार्यक्रम सञ्चालन गरेर ज्यादै सह्रानीय काम गरेको र अझ यस्ता कार्यक्रमहरु सञ्चालन गरिरहन सुझाव दिदै शिक्षक ध्रुव कार्की,अतिथी कानुनी सहायता समितिका प्रविण हायु लगायतका महानुभावहरुवाट आ-आफ्नो धारणा सहित मन्तव्य राख्नु भएको थियो । download