नागरिक वडापत्र

जिल्ला सरकारी वकील कार्यालय, सिन्धुलीको 

            नागरिक वडापत्र


क्र.म कार्याविवरण लाग्ने समय सम्बन्धित फाँट सम्बन्धित अधिकारी गुनासो सुन्ने अधिकारी
१. मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ को अनुसुची-१ मा उल्लेखित नेपाल सरकार वादी भई चल्ने मुद्दाहरु । अनुसन्धान प्रक्रिया पुरा गरी राय सहितको मिसिल प्राप्त भएको ३ दिन भित्र निर्णय गरी सम्बन्धित अदालतमा अभियोग पत्र दायर गर्ने । मुद्दा फाँट जिल्ला न्यायाधिवक्ता/ सहायक जिल्ला न्यायाधिवक्ता जिल्ला न्यायाधिवक्ता
२. मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ को अनुसुची-२ मा उल्लेखित नेपाल सरकार वादी भई चल्ने मुद्दाहरु । अनुसन्धान अधिकारीबाट अनुसन्धान प्रक्रिया पुरा गरी निर्णयको लागि मिसिल प्रप्तभएको ३ दिन भित्र निर्णय गरी पठाउने । मुद्दा फाँट जिल्ला न्यायाधिवक्ता/ सहायक जिल्ला न्यायाधिवक्ता जिल्ला न्यायाधिवक्ता
३. मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ को अनुसुची-१ वा अनुसुची-२ मा उल्लेखित मुद्दाहरु वाहेक नेपाल सरकारसंग सम्बन्धित मुद्दाहरु । सम्वन्धित निकाबाट प्रतिरक्षा गरि पाउँ भनी लेखि आएमा प्रतिरक्षा गर्ने । मुद्दा फाँट जिल्ला न्यायाधिवक्ता/ सहायक जिल्ला न्यायाधिवक्ता जिल्ला न्यायाधिवक्ता
४. थुनछेक तथा प्रतिरक्षा । सम्बन्धित अड्डा/ अदालतमा अभियोग पत्र पेश भई प्रतिवादीको वयान  सम्पन्न भए पछि । मुद्दा फाँट जिल्ला न्यायाधिवक्ता/ सहायक जिल्ला न्यायाधिवक्ता जिल्ला न्यायाधिवक्ता
५. मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ को दफा ७३ बमोजिम गरिने निवेदन । सम्वन्धित अदालतबाट थुनछेक आदेश भएको १० दिन भित्र । मुद्दा फाँट जिल्ला न्यायाधिवक्ता/ सहायक जिल्ला न्यायाधिवक्ता जिल्ला न्यायाधिवक्ता
६. साक्षी वकपत्र गराउने । सम्बन्धित कार्यालयबाट साक्षी उपस्थित भएको आधा घण्टा भित्र अड्डा अदालतमा उपस्थित गराई सोही दिन बकपत्र गराउने । मुद्दा फाँट जिल्ला न्यायाधिवक्ता/ सहायक जिल्ला न्यायाधिवक्ता जिल्ला न्यायाधिवक्ता
७. पुनरावेदन मस्यौदा तयरी गरी पठाउने । अदालतमा दायर गरिने पुनरावेदन पत्र पुनरावेदन म्याद भित्र र उच्च सरकारी वकील कार्यालय पठाइने पुनरावेदन गर्ने/नगर्ने मुद्दा दोहोर्याई हेरी पाउँ भन्ने प्रस्ताव पुनरावेदन म्याद प्राप्त भएको मितिले १० दिन भित्र । मुद्दा फाँट जिल्ला न्यायाधिवक्ता/ सहायक जिल्ला न्यायाधिवक्ता जिल्ला न्यायाधिवक्ता
८.   सरकारी पक्षको साक्षी गवाहलाई बकपत्र गर्न आउँदा जाँदा दिने भत्ताको सिफारिस । सरकारी पक्षको साक्षी गवाहलाई निजहरुले अड्डा/ अदालतमा उपस्थित भै बकपत्र गरे वापत राजपत्र अनंकित प्रथमश्रेणीको सरकारी कर्मचारीले पाए सरहको दैनिक भ्रमण भत्ता भुक्तानीको लागि जिल्ला प्रहरी कार्यालयमा बकपत्र समाप्त भएको दिन ।  मुद्दा फाँट जिल्ला न्यायाधिवक्ता/ सहायक जिल्ला न्यायाधिवक्ता  जिल्ला न्यायाधिवक्ता