नागरिक बडापत्र

उच्च सरकारी वकील कार्यालय राजविराज

सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन,२०६४ को  दफा २५ र 

 सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली २०६५ को नियम १४ को प्रयोजनार्थ                                         

नागरिक  वडापत्र

 

क्र.सं.

प्रदान गरिने सेवा

आवश्यक कागजातहरू

सेवा प्रवाह गर्दा  लाग्ने समय

सेवा दस्तुर

सेवा प्रदान गर्ने शाखा

निर्णय गर्ने पदाधिकारी

गुनासो सुन्ने अधिकारी

१.

आफ्नो प्रादेशिक अधिकार क्षेत्र भित्र रहेका प्रदेश प्रमुख तथा प्रादेशिक स्तरको  नेपाल सरकारको  कार्यालयक   प्रमुखले  मागेको कानूनी प्रश्नमा राय सल्लाह उपलव्ध गराउने ।

सरकारी वकील सम्वन्धित नियमावली २०७ को नियम ३८ बमोजिमका रित पूर्वकका कागजात 

पत्र सहितको कागजात प्राप्त भएको मितिले ७ (सात) दिन ।

नलाग्ने

कानूनी राय शाखा

कार्यालय प्रमुख

सहन्यायाधिवक्ता

२.

नेपाल सरकार वादी हुने मुद्दाहरू चलाउने वा नचलाउने (आंशिक) समेत निर्णय गर्ने 

सम्बन्धित मुद्दाको मिसिल कागज 

कानूनले तोकेको हद म्याद भित्र ।

नलाग्ने

मुद्दा शाखा

कार्यालय प्रमुख

सहन्यायाधिवक्ता

३.

नेपाल सरकारको तर्फबाट उच्च अदालत राजविराजमा  बहस पैरवी, प्रतिरक्षा गर्ने 

सम्बन्धित मुद्दाको मिसिल तथा आवश्यक कागजात 

पेश तोकिएको दिन ।

नलाग्ने

मुद्दा शाखा

 

कार्यालय प्रमुख

सहन्यायाधिवक्ता

४.

उच्च अदालत राजविराजले गरेको आदेश वा फैसला (मुद्दा तथा रिट) को कार्यान्वयनको लागि सम्बन्धित निकायमा लेखि पठाउने 

आदेश वा फैसलाको प्रमाणित प्रतिलिपि प्राप्त भए पश्चात ।

आदेश वा फैसला प्राप्त भएको मितिले ७ (सात) दिन ।

नलाग्ने

मुद्दा शाखा

कार्यालय प्रमुख

सहन्यायाधिवक्ता

५.

हिरासतमा रहेका व्यक्तिलाई मानवोचित व्यवहार नगरेको वा आफन्तसँग वा कानून व्यवसायीसँग भेटघाट गर्न नदिएको भन्ने उजुरी परेमा वा जानकारी प्राप्त भएमा छानबिन गरी सम्बन्धित अधिकारीलाई आवश्यक निर्देशन दिने 

उजुरीलाई पृष्टि गर्ने कागज वा विवरण वा जानकारी 

उजुरी वा जानकारी प्राप्त भएको मितिले ७ (सात) दिन ।

नलाग्ने

मुद्दा शाखा

कार्यालय प्रमुख

सहन्यायाधिवक्ता

६.

कारागार तथा बाल सुधार गृहमा रहेका कैदी तथा थुनुवाको मानव अधिकारको अवस्थाबारे अनुगमन गरी आवश्यक निर्देशन दिने 

अनुगमन प्रतिवेदन, अन्य कुनै स्रोतबाट प्राप्त सूचना, जानकारी  वा उजुरी 

मनासिव समयभित्र।

नलाग्ने

मुद्दा शाखा

कार्यालय प्रमुख

सहन्यायाधिवक्ता

७.

नेपाल सरकार वादी हुने मुद्दामा पुनरावेदन, निवेदन (अन्तरकालिन आदेश उपरको निवेदन, दोहोर्याई हेरी पाउने निवेदन) सम्बन्धी कारवाही गर्ने 

सम्बन्धित मुद्दाको नक्कल मिसिल तथा सरकारी वकीलको प्रस्तावित राय/मस्यौदा 

कानूनले तोकेको हद म्याद भित्र।

नलाग्ने

मुद्दा शाखा

कार्यालय प्रमुख

सहन्यायाधिवक्ता

८.

नेपाल सरकार/संवैधानिक निकाय/  आयोग/निकाय/सचिवालय/ नेपाल सरकारका मन्त्रालय/ विभाग/ कार्यालयबाट प्राप्त लिखित जवाफ उच्च अदालत सुर्खेतमा पेश गर्ने 

सम्बन्धित निकायको लिखित जवाफ (विद्युतीय  माध्यममा समेत) तथा सम्बद्ध प्रमाण कागजात 

प्राप्त भएको २ (दुई) दिन भित्र।

नलाग्ने

मुद्दा शाखा

कार्यालय प्रमुख

सहन्यायाधिवक्ता

९.

मुद्दाको विषयमा कारागार/बाल सुधार गृह एवं अन्य निकायबाट प्राप्त हुने पत्र/निवेदन उपर आवश्यक कारवाही गर्ने 

निवेदन/पत्र तथा जानकारी माग गरिएको मुद्दाको फैसलाको प्रमाणित  प्रतिलिपी 

निवेदन वा पत्र प्राप्त भएको मितिले ३(तीन) दिन। 

नलाग्ने

मुद्द शाखा

कार्यालय प्रमुख

सहन्यायाधिवक्ता

१०.

कसूरबाट पीडित/जाहेरवाला/साक्षी /प्रतिवादी/अन्य रोकारवाला व्यक्तिले दिएको निवेदन 

निवेदन तथा सो सँग सम्बन्धित कागजात 

निवेदन प्राप्त भएको मितिले ३(तीन) दिन।

नलाग्ने

पीडित तथा साक्षी संरक्षण शाखा

कार्यालय प्रमुख

सहन्यायाधिवक्ता

­

स्वीकृत मितिः २०७८/०५/१३