कपिलवस्तु जिल्ला भित्र अनुसन्धान गर्ने अनुसन्धान अधिकृत र सरकारी वकील बीच छलफल तथा अन्तक्रिया कार्यक्रम (जाहेरी दरखास्तको सम्बन्धमा) मिति २०७८।११।०८ गते सम्पन्न भयो ।

samachar

2078-12-9

आज मिति २०७८।११।०८ गतेका दिन महान्यायाधिवक्ताको कार्यालयाबाट प्राप्त पत्र बमोजिम कपिलवस्तु जिल्ला भित्र अनुसन्धान गर्ने अनुसन्धान अधिकृत र सरकारी वकील बीच छलफल तथा अन्तक्रिया कार्यक्रम (जाहेरी दरखास्तको सम्बन्धमा)  यस कार्यालयका जिल्ला न्यायाधिवक्ता रत्न प्रकाश गिरी ज्यूको अध्यक्षतामा बैठक बसी जाहेरी दर्ताका सम्बन्धमा एकरुपता कायम गर्ने प्रयोजनार्थ निम्न छलफल र सुझाव दिने गरी तपसिल बमोजिमका (निर्णयहरु) सुझावहरु सम्बन्धी निर्णय गरियो ।

तपसिल:-

  • जाहेरी दरखास्त सम्वन्धित प्रहरी कार्यालयमा दर्ता गर्दा भिडियो गरि दर्ता गर्ने, जाहेरी दरखास्त प्रहरी कार्यालयवाट लेखिदिनु पर्ने अवस्था भएमा निजले भनिए वमोजिम प्रहरी कार्यालयमा लेखिएको हो भनी सहिछाप गराउने व्यवस्था हुनुपर्ने ।
  • जाहेरी दरखास्त यदि झुठा र जाहेरी काल्पनिक रहेछन भने अनुसन्धानको लागि दिएको ३ दिनको सट्टामा ७ दिनको व्यवस्था हुनुपर्ने, झुठा र कल्पनिक जाहेरीको सम्वन्धमा सरकारी वकिल कार्यालयमा लेखी पठाउने र सो जाहेरी दरखास्तलाई सरकारी वकिल कार्यालयवाट थप अनुसन्धान लागी पठाउने वा तामेलीमा राख्ने ।
  • प्रहरी कार्यालयमा जाहेरी दर्ता भएन भनि उक्त जाहेरी लिई दर्ता गरि पाउँ भनि सरकारी वकिल कार्यालयमा आएमा दर्ता गर्नु पुर्व सरकारी वकिल कार्यालयवाट सम्वन्धित प्रहरी कार्यालयको वीचमा सो सम्वन्धमा समन्वय गरि जाहेरी दर्ता गरी कारवाही प्रकृया अगाडी बढाउन सम्वन्धी कार्यालयमा लेखि पठाईदिने  ।
  • असमर्थ रहेका मानिसहरुलाई जाहेरी लेख्ने सम्वन्धमा जिल्ला कानूनी सहायता समिति तथा स्थानिय तहवाट सहयोगको लागी समन्वय गर्ने  ।
  • जाहेरवालाले नै लेखाई दर्ता गर्न ल्याएको जाहेरी दरखास्तमा जाहेरी लेख्ने व्यक्तिको नाम, निजको लेखापढी नं. र मोवाईल नं. अनिवार्य रुपमा खुलाउने व्यवस्था गर्नुपर्ने ।

संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

छाडा चौपाय ब्यवस्थापनको सम्वन्धमा कपिलवस्तु जिल्ला अदालतवाट मिति २०८०।०५।१२ गते भएको आदेश बमोजिम यस जिल्ला भित्र रहेका स्थानिय तहहरुलाई छाडा चौपाय व्यवस्थापन गर्नु भनि आदेश बमोजिम यस कार्यालयवाट गरिएको पत्राचार ।

सरकारी वकीलहरुको चौथो राष्ट्रिय सम्मेलन भव्यताका साथ सफल पारौं ।

अभियोजनमा सुधार फौजदारी न्यायको आधार भन्ने नारालाई सफल पार्न अनुसन्धान गर्ने अनुसन्धान अधिकृत, प्रहरी अधिकृत र अभियोजनकर्ता सरकारी वकील बीच छलफल कार्यक्रम मिति २०७८।०९।१६ गते सम्पन्न भयो ।

प्रभावकारी अभियोजका लागि अनुसन्धान र अभियोजकर

जिल्ला सरकारी वकील कार्यालय तौलिहवा कपिलवस्तुमा मिति २०७६।०१।०१ गतेबाट हेलो साक्षी कार्याक्रम संचालन गरिएको

समाचार

मिति २०७९।२।२७ गते शुक्रबारको दिन मायादेवी गाउँपालिकाको सभा हलमा समुदाय र सरकारी वकील बिच अन्तरक्रिया कार्यक्रम सु-सम्पन्न गरियो ।

मिति २०७८।१२।११ गते शुक्रबार महाराजगंज नगरपालिकामा समुदाय र सरकारी वकील बिच अन्तरक्रिया कार्यक्रम सु-सम्पन्न गरियो ।

कपिलवस्तु जिल्ला भित्र अनुसन्धान गर्ने अनुसन्धान अधिकृत र सरकारी वकील बीच छलफल तथा अन्तक्रिया कार्यक्रम (जाहेरी दरखास्तको सम्बन्धमा) मिति २०७८।११।०८ गते सम्पन्न भयो ।

अभियोजनमा सुधार फौजदारी न्यायको आधार भन्ने नारालाई सफल पार्न अनुसन्धान गर्ने अनुसन्धान अधिकृत, प्रहरी अधिकृत र अभियोजनकर्ता सरकारी वकील बीच छलफल कार्यक्रम मिति २०७८।०९।१६ गते सम्पन्न भयो ।

सरकारी वकील र साक्षीसंग सम्पर्क गर्ने प्रहरी कर्मचारी विच छलफल कार्यक्रम मिति २०७८/१०/२७ गते सम्पन्न भयो ।

उत्कृष्ट सरकारी वकीलको रुपमा यस कार्यालयका जिल्ला न्यायाधिवक्ता श्री रत्न प्रकाश गिरी सम्मानित हुनुभयो ।