सरकारी वकील र अनुसन्धान अधिकारीहरु बिच भएको अन्तर्क्रिया

samachar

2078-8-17

यस कार्यालयको वार्षिक कार्ययोजना २०७८/७९ अन्तर्गत कसूरको अनुसन्धानको सम्बन्धमा अनुसन्धान अधिकारीहरु र सरकारी वकील बिच प्रत्येक महिना समिक्षा बैठक गर्ने क्रियाकलाप अन्तर्गत उदयपुर जिल्ला स्थित फौजदारी कसूरको अनुसन्धानकर्ता प्रहरी अनुसन्धान अधिकारी र अभियोजनकर्ता सरकारी वकीलहरुविच मिति २०७८।८।१० गते छलफल अन्तर्कृया तथा समिक्षा गरियो ।

उक्त अन्तर्कृया बैठकमा जिल्ला सरकारी वकील कार्यालय उदयपुरका जिल्ला न्यायाधिवक्ता तथा सहायक जिल्ला न्यायाधिवक्ताहरु तथा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्र.ना.उ. वेद प्रसाद गौतम तथा प्रहरी निरिक्षक मोहन थापा समेतका प्रहरी अधिकृतहरु एवं ईलाका प्रहरी कार्यालय कटारी, बेल्टार र रामपुर ठोक्सिलाका प्रहरी अधिकृतहरुको उपस्थिति भएको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments