समुदायमा सरकारी वकीलको भूमिका कार्यक्रम सम्पन्न

samachar

2078-1-19

समुदायमा सरकारी वकीलको भूमिका कार्यक्रम सम्पन्न 

मिति २०७८।०१।१६ गते बिहिबार समुदायमा सरकारी वकील कार्यक्रम अन्तर्गत "अन्तरक्रियात्मक कार्यक्रम" विषयक कार्यक्रम समुदायलाई जानकारी गराउने उद्देश्यले गोरखा जिल्लाको अजिरकोट गाउँपालिका वडा नं. ३ भच्चेक बजार स्थित अजिरकोट गाउँपालिकाको कार्यालय भवनमा जिल्ला सरकारी वकील कार्यालय गोरखका  जिल्ला न्यायाधिवक्ता श्री खिमानन्द गौतमको अध्यक्षता, अजिरकोट गाउँपालिकाका अध्यक्ष श्री फणिन्द्र प्रसाद धिताल ज्यूको प्रमुख आतिथ्य,  गाउँपालिकाका उपाध्यक्ष श्री चन्द्रमाया गुरुङ, नेपाल बार एसोसिएशन गोरखाका अधिवक्ता राम प्रसाद भण्डारी र  विभिन्न व्यक्तित्वहरु गरी २५ जनाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा जिल्ला न्यायाधिवक्ता श्री खिमानन्द गौतम ज्यूले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो साथै सहभागिहरुबाट उठाईएका जिज्ञासाहरुको सम्बोधन जिल्ला न्यायाधिवक्ता  श्री खिमानन्द गौतम ज्यूले गर्नु भएको थियो । उक्त कार्यक्रममा अजिरकोट गाउँपालिकाका अध्यक्ष श्री फणिन्द्र प्रसाद धिताल ज्यूले मन्तव्य राख्नु भएको थियो ।  


संलग्न जोडिएका विवरणहरु

download