 श्री जिल्ला सरकारी वकील कार्यालय,
            श्री जिल्ला सरकारी वकील कार्यालय, 
धनकुटा
सुशासन(व्यवस्थापन तथा सञ्चालन)ऐन,२०६४ को दफा २५ र सुशासन (व्यवस्थापन तथा सञ्चालन)
नियमावली, २०६५ को नियम १४ को प्रयोजनार्थ
नागरिक वडापत्र
| क्र.स. | प्रदान गरिने सेवा | आवश्यक कागजातहरु | सेवा प्रवाह गर्दा लाग्ने समय | सेवा दस्तुर | सेवा प्रदान गर्ने शाखा | जिम्मेवार कर्मचारी | गुनासो सुन्ने अधिकारी | 
| १. | अनुसन्धानको क्रममा अनुसन्धान अधिकारीहरुलाई मुद्दा सम्वन्धमा आवश्यक देखिएका बिषयहरुमा निर्देशन दिने | मिसिल कागजात | मुद्दाको प्रकृति अनुसार | नलाग्ने | मुद्दा व्यवस्थापन शाखा | जिल्ला न्यायाधिवक्ता/ स.जि.न्या.व. | जि.न्या.व. | 
| २. | पक्राउ परेका अभियुक्तहरुको वयान गराउने | अभियुक्तको परिचय खुल्ने कागजात | तुरुन्त | नलाग्ने | मुद्दा व्यवस्थापन शाखा 
 | जिल्ला न्यायाधिवक्ता/ स.जि.न्या.व. | जि.न्या.व. | 
| ३ | अदालत तथा मुद्दा हेर्ने अधिकारी समक्ष अभियोग पत्र पेश गर्ने | सक्कल मिसिल,पक्राउ अभियुक्त तथा अभियोग पत्र | मुद्दाको प्रकृति अनुसार | नलाग्ने | मुद्दा व्यवस्थापन शाखा | जिल्ला न्यायाधिवक्ता/ स.जि.न्या.व. | जि.न्या.व. | 
| ४. | अभियुक्त उपर लगाइएको अभियोगको अभियोग पत्र प्रतिवादी /पीडित / जाहेरवालालाई उपलब्ध गराउने | अभियोग पत्र | मुद्दा दायर भएको दिन | नलाग्ने | मुद्दा व्यवस्थापन शाखा | फाँटवाला | जि.न्या.व. | 
| ५. | रिट निवेदन तथा लिखित जवाफ सम्बन्धमा बहस पैरवी एवं प्रतिरक्षा गर्ने | लिखित जवाफ फाइल | सकेसम्म १ दिन भित्र | नलाग्ने | मुद्दा व्यवस्थापन शाखा | जिल्ला न्यायाधिवक्ता/ स.जि.न्या.व. | जि.न्या.व. | 
| ६. | सम्वन्धित अदालत तथा मुद्दा हेर्ने अधिकारी समक्ष हुने मुद्दाको सुनुवाई(पेशी) मा उपस्थित भई बहस पैरवी गर्ने | सम्वन्धित मिसिल | 
 | नलाग्ने | मुद्दा व्यवस्थापन शाखा | जिल्ला न्यायाधिवक्ता/ स.जि.न्या.व. | जि.न्या.व. | 
| ७. | सरकारी तथा गैर सरकारी निकायलाई कानूनी राय प्रदान गर्ने | १.कार्यालय वा सो कार्यालय प्रमुखले राय मागेको फायल २.राय माग भएको बिषयमा स्पष्ट कानूनी प्रश्न उल्लेख भएको हुनुपर्ने ३.जुन बिषयमा राय माग गरिएको हो सो सम्बन्धमा बिभागिय राय वा सम्बन्धित कार्यालयको दृष्टिकोण उल्लेख भएको हुनुपर्दछ । | ३ दिन भित्र | नलाग्ने | मुद्दा व्यवस्थापन शाखा | जिल्ला न्यायाधिवक्ता/ स.जि.न्या.व. | जि.न्या.व. | 
| ८. | साक्षीहरुलाई बकपत्रको लागि आउन बकपत्र हुने अघिल्लो दिन टेलिफोन मार्फत जानकारी गराउने | सम्वन्धित मिसिल/मुद्दा अनुसन्धान गर्ने निकायको पत्र | १ दिन भित्र | नलाग्ने | हेल्लो साक्षी / मुद्दा व्यवस्थापन शाखा | फाँटवाला/ ना.सु./खरिदार | जि.न्या.व. | 
| ९. | निरन्तर सुनुवाई हुने प्रकृतिका मुद्दाहरुमा अनुसन्धान गर्ने निकायहरुसँगको समन्वयमा पीडित/ जाहेरवालालाई मुद्दा बुझाएकै दिन अदालतमा बकपत्रको लागि उपस्थित गराउने | पीडित / जाहेरवालाको परिचय पत्र, सम्वन्धित मुद्दाको मिसिल | १ दिन भित्र | नलाग्ने | मुद्दा व्यवस्थापन शाखा | जिल्ला न्यायाधिवक्ता/ स.जि.न्या.व. | जि.न्या.व. | 
| १०. | अदालत तथा जिल्ला प्रशासन कार्यालयमा साक्षी उपस्थित गराई बकपत्र गराउने,प्रतिवादीको साक्षीलाई जिरह गर्ने, प्रतिरक्षा गर्ने | सम्वन्धित मुद्दाको मिसिल | सकेसम्म १ दिन भित्र | नलाग्ने | मुद्दा व्यवस्थापन शाखा | जिल्ला न्यायाधिवक्ता/ स.जि.न्या.व. | जि.न्या.व. | 
| ११. | सरकारी साक्षीलाई दैनिक तथा भ्रमण भत्ताको रकम उपलब्ध गराइदिन जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गर्ने | सम्बन्धित मुद्दाको मिसिल | बकपत्र सम्पन्न भएको दिन | नलाग्ने | मुद्दा व्यवस्थापन शाखा | फाँटवाला | जि.न्या.व. | 
| १२. | असमर्थ पक्षलाई निशुल्क कानूनी सहायता उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाउने | निवेदन | मुद्दा अनुसार | नलाग्ने | मुद्दा व्यवस्थापन शाखा | जिल्ला न्यायाधिवक्ता/ स.जि.न्या.व. | जि.न्या.व. | 
| १३. | सरोकारवालाले आफ्नो मुद्दाको काम कारवाही सम्वन्धमा कुनै जानकारी माग गरेमा पीडितमैत्री व्यवहार गरी उपलब्ध गराउने | निवेदन | तुरुन्त | नलाग्ने | मुद्दा व्यवस्थापन शाखा | जिल्ला न्यायाधिवक्ता/ स.जि.न्या.व. | जि.न्या.व. | 
| १३. | दशीको चिज वस्तु फिर्ता पाँउ भनी सम्बन्धित व्यक्तिले निवेदन दिएमा कारवाही अगाडि बढाउने | आवश्यक निवेदन र जि.प्र.का.को सिफारिस | १ दिन भित्र | नलाग्ने | मुद्दा व्यवस्थापन शाखा | जिल्ला न्यायाधिवक्ता/ स.जि.न्या.व. | जि.न्या.व. | 
| १४ | वादी नेपाल सरकारका तर्फवाट पुनरावेदन परे नपरेको बिषयमा जानकारी दिने | सम्वन्धित मिसिल कागजात | ३ दिन भित्र | नलाग्ने | मुद्दा व्यवस्थापन शाखा | फाँटवाला/ स.जि.न्या.व. | जि.न्या.व. | 
| १५ | मुद्दा तथा कार्यालयसँग सम्बन्धित सूचना अद्यावधिक गर्ने (CMS समेत) | सम्वन्धित कानून एबं निर्देशिकाले तोकेको प्रक्रिया बमोजिम | ३ दिन भित्र | नलाग्ने | शूचना प्रविधि शाखा | फाँटवाला /कम्प्युटर अपरेटर | जि.न्या.व. | 
कार्यालय सम्पर्क नं.०२६-५२२७७८ कार्यालय प्रमुख सम्पर्क सम्पर्क नं.९८५२०७०७७८ सुचना अधिकारी सम्पर्क सम्पर्क नं.९८५२०८०७७८ मा फोन गरी वा daod.nepal@gmail.com /dgao.dhankuta@ag.gov.np मा मेल गरी आफ्नो गुनासा वा सुझाबहरु राख्न सक्नुहुनेछ ।