जिल्ला वकील कार्यालय जुम्लाको कार्यालयको काम कारवाही प्रभावकारी बनाउने सम्वन्धमा मिति २०७६ श्रावण ५ गतेको कर्मचारी बैठकका निर्णयहरू

suchana

2020-02-24

जिल्ला वकील कार्यालय जुम्लाको कार्यालयको काम कारवाही प्रभावकारी बनाउने सम्वन्धमा मिति २०७६ श्रावण ५ गतेको कर्मचारी बैठकका निर्णयहरू


संलग्न जोडिएका विवरणहरु

मिति २०७६/११/११ गते आईतबारका दिन यस जिल्ला सरकारी वकील कार्यालय, जुम्लाका कार्यालय प्रमुख श्री श्यामहरि अधिकारीको अध्यक्षतामा यस कार्यालयको कामकाजलाई प्रभावकारी बनाउन कर्मचारी बैठक बसी देहाय बमोजिम निर्णय गरियो ।

उपस्थिति

श्री श्यामहरि अधिकारी, निमित्त जिल्ला न्यायाधिवक्ता

श्री सविना बुड्थापा, खरिदार

श्री मधुराज न्यौपाने, सहायक कम्प्यूटर अपरेटर

श्री खडानन्द कुमाई, कार्यालय सहयोगी

श्री गोबीचन्द्र धिताल, कार्यालय सहयोगी

श्री ईश्वरीनन्द न्यौपाने, कार्यालय सहयोगी

छलफलका विषयहरू

१) सूचना अधिकारी तथा साँक्षी संरक्षण सम्पर्क व्यक्ति तोक्ने सम्बन्धमा ।

२) रणनीतिक योजना कार्यवन्वयन सम्बन्धमा ।

३) जिन्सी व्यवस्थापन सम्बन्धमा ।

४) CMS अपडेट गर्ने सम्वन्धमा ।

५) कर्मचारी आचरण सम्वन्धमा ।

६) सरसफाई सम्वन्धमा ।

७) विविध ।

निर्णय नं. १ बुदा नं. १ मा सम्वन्धमा छलफल गर्दा यस कार्यालयमा कामकाज गरिरहनु भएकी खरिदार श्री सविना बुड्थापालाई यस कार्यालयको सूचना अधिकारी तोक्ने र सहायक कम्प्यूटर अपरेटर श्री मधुराज न्यौपानेलाई साँक्षी संरक्षण सम्पर्क व्यक्ति तोक्ने निर्णय गरियो ।

निर्णय नं. २ बुदा नं. २ मा सम्वन्धमा छलफल गर्दा यस कार्यालय रणनीतिक योजनाको आवधिक समिक्षा गर्दै चालु त्रैमासिकमा सम्पन्न गर्नु पर्ने कार्यहरू छलफल गरी समन्वय समितिको बैठक, अनुसन्धान अधिकृतहरूसंगको बैठक र जातीय छुवाछुत तथा भेदभाव सम्वन्धी सचेतना कार्यक्रम यसै महिनामा गर्ने निर्णय गरियो ।

निर्णय नं. ३ बुदा नं. ३ मा सम्वन्धमा छलफल गर्दा यस कार्यालयको जिन्सी व्यवस्थापन गर्ने कार्यलार्इ थप प्रभावकारी बनाउन खरिदार श्री सविना बुड्थापालाई कार्य जिम्मेवारी तोक्ने निर्णय गरियो ।

निर्णय नं. ४ बुदा नं. ४ मा सम्वन्धमा छलफल गर्दा यस कार्यालयको CMS अपडेट गर्ने कार्यलाई कार्यालयको ईन्टरनेट क्षमताको अभावमा द्रुतगतिमा गर्न नसकिएकोममा कार्यालयको ईन्टरनेट क्षमता वृद्धिका लागि महान्यायाधिवक्ताको कार्यालयलाई अनुरोध गर्ने निर्णय गरियो ।

निर्णय नं. ५ बुदा नं. ५ मा सम्वन्धमा छलफल गर्दा यस कार्यालयले प्रदा गर्ने सेवा तथा कर्मचारी व्यवस्थापनका सम्वन्धमा छलफल तथा समिक्षा गर्न प्रत्येक दिन बिहान १० वजे कार्यलाय प्रमुखको कार्य कक्षमा सवै कर्मचारी जम्मा भई छलफल गर्ने निर्णय गरियो ।

निर्णय नं. ६ बुदा नं. ६ मा सम्वन्धमा छलफल गर्दा यस कार्यालयको सरसफार्इमा उचित ध्यान दिई नियमित रूपले सरसफाईलाई थप व्यवस्थित गर्ने गराउने निर्णय गरियो ।

निर्णय नं. ७ बुदा नं. ७ मा सम्वन्धमा छलफल गर्दा आजको बैठकमा निर्णय गरिएका विषयहरूको कार्यान्वय अवस्थाको समिक्षा गरि आगामी कार्यनिति तय गर्न आगामी बैठक २०७६ चैत्र ०७ गते बस्ने निर्णय गरी आजको बैठक यही समापन गर्ने निर्णय गरियो ।

सूचना

कोभिड -१९ सम्वन्धी अपनाउने सुचना


जिल्ला सरकारी वकील कार्यालय जुम्लाको कार्यालयको काम कारवाही प्रभावकारी बनाउने सम्वन्धमा मिति २०७६ फाल्गुण महिना ११ गतेको कर्मचारी बैठक गरियो ।


जिल्ला वकील कार्यालय जुम्लाको कार्यालयको काम कारवाही प्रभावकारी बनाउने सम्वन्धमा मिति २०७६ श्रावण ५ गतेको कर्मचारी बैठकका निर्णयहरू


नमुना सरकारी वकील कार्यालय जुम्लाबाट सम्पादन हुने कामहरुको विवरण


जिल्ला वकील कार्यालय जुम्लाको कार्यालयको काम कारवाही प्रभावकारी बनाउने सम्वन्धमा मिति २०७६ श्रावण १२ गतेको कर्मचारी बैठकका निर्णयहरू


जिल्ला वकील कार्यालय जुम्लाका कर्मचारीहरूको सरकारी वकील र कर्मचारीले पालना गर्नु पर्ने आचार संहिता २०७५ पालना गर्ने सम्वन्धी मिति २०७५ श्रावण ५ गतेको प्रतिवद्धता


जिल्ला वकील कार्यालय जुम्लाको कार्यालयको काम कारवाही प्रभावकारी बनाउने सम्वन्धमा मिति २०७६ श्रावण ५ गतेको कर्मचारी बैठकका निर्णयहरू


सुचना