क्र.सं.
|
शाखा
|
सम्पादन गरिने कार्य
|
सेवाप्रदान तथा प्राप्त गर्ने प्रकृया
|
जिम्मेवार अधिकारी
|
गुनासो सुन्ने अधिकारी
|
१
|
प्रशासन शाखा
|
- कर्मचारीको नियुक्ती, सरूवा, काज, विदा, तालिम र अन्य विवरणको अभिलेख व्यवस्थित गर्ने ।
- सरकारी वकील तथा कर्मचारीहरूको आचारसंहिता पालना गर्ने गराउने ।
- सेवाग्राहीलाई कार्यालयबाट प्रदान हुने सेवाको जानकारी दिने ।
- सेवाग्राहीहरूको गुनासोको सुनुवाई गर्ने ।
- कार्यालयको दैनिक प्रशासनिक कामहरू गर्ने ।
- कार्यालयका जिन्सी सामानहरुको व्यवस्थापन गर्ने ।
- लेखा सम्बन्धि हिसाब किताव व्यवस्थित गर्ने ।
|
- कानुन बमोजिम प्राप्त गर्न सकिने कार्यालयसँग सम्बन्धित सूचना माग गर्न प्रचलित कानुनले तोकेको रित पुर्याई निवेदन दिनुपर्ने ।
- कार्यालय प्रमुख समक्ष लिखित वा मौखिक गुनासो राख्न सक्ने ।
- गुनासो उजुरी पेटिका मार्फत दिन सकिने ।
- लेखा सम्बन्धी भुक्तानीका लागि लेखा हेर्ने कर्मचारीलाई बिल भर्पाई र सम्बद्घ कागजपत्रहरू पेश गर्नुपर्ने ।
|
जिल्ला न्यायाधिवक्ता/
सहायक जिल्ला न्यायाधिवक्ता/
प्रशासन हेर्ने सहायक कर्मचारी
|
जिल्ला न्यायाधिवक्ता
|
२
|
मुद्दा शाखा
|
- मुद्दाका पक्षहरूलाई मुद्दाको काम कारबाहीको बारेमा जानकारी दिने ।
- मुद्दाको मिसिल अद्दावधिक गरी राख्ने ।
- पेशी किताब व्यवस्थित गरी मिसिल सरकारी वकीललाई उपलब्ध गराउने ।
- अनुसन्धानकर्तालाई आवश्यक निर्देशन दिने ।
- अभियोजन गर्ने वा नगर्ने निर्णय गर्ने,
- म्याद भित्रै पुनरावेदन र निवेदन मस्यौदा तयार गरि उच्च सरकारी वकिल कार्यालय जुम्लामा पठाउने ।
- सरकारवादी हुने देवानी तथा फौजदारी मुद्दामा वहस पैरवी/प्रतिरक्षा गर्ने ।
- कार्यालयको मुद्दासँग सम्बन्धित मास्केबारी र वार्षिक प्रतिवेदनका लागि विवरण तयार गर्ने ।
|
- वयान पुर्व संकितका अधिकारहरुको जानकारी गराउने ।
- अभियुक्त उपर लगाइएको अभियोगका बारेमा निजलाई अभियोग दायर पश्चात स्वतः जानकारी गराईने।
- नेपाल सरकार अन्तर्गतका कार्यालयलाई विपक्षी बनाई दायर भएका मुद्दामा प्रतिरक्षाका लागि सम्बन्धित सरकारी कार्यालयबाट सम्बद्घ प्रमाण कागजातहरू उपलब्ध गराउनुपर्ने ।
|
जिल्ला न्यायाधिवक्ता/
सहायक जिल्ला न्यायाधिवक्ता/
मुद्दा शाखाका सहायक कर्मचारीहरू
|
जिल्ला न्यायाधिवक्ता
|
३
|
कानूनी राय शाखा
|
- संघीय सरकार अन्तर्गतको जिल्ला स्तरको सरकारी कार्यालयको कार्यालय प्रमुखले कानूनी प्रश्नमा राय माग गरेमा कानूनी राय उपलब्ध गराउने ।
- कानूनी राय माग गरेको र प्रदान गरेको अभिलेख राख्ने ।
|
- सरकारी वकील सम्वन्धी नियमावली, २०७७ को नियम ३८ द्वारा निर्धारित प्रकृया अवलम्बन गरी राय माग गरिएमा कानुनी राय उपलब्ध गराउने ।
|
जिल्ला न्यायाधिवक्ता/
सहायक जिल्ला न्यायाधिवक्ता/
सहायक कर्मचारी
|
जिल्ला न्यायाधिवक्ता
|
४
|
सूचना प्रविधि शाखा
|
- मुद्दासँग सम्बन्धित सम्पूर्ण विवरणहरू मुद्दा व्यवस्थापन प्रणाली (CMS) सफ्टवयेरमा अपलोड गर्ने ।
- कार्यालयको वेभसार्ईटमा कार्यालयका गतिविधिहरू अपलोड गर्ने ।
- कार्यालयको र्ईमेलमा प्राप्त कार्यालयको कामसँग सम्बन्धित गरिएको पत्राचार र डकुमेन्टहरू हेरी तोकिएबमोजिमको जवाफ दिने
|
- सम्बन्धित कानुन एवं निर्देशिकाले तोकेको प्रकृया बमोजिम ।
|
सहायक जिल्ला न्यायाधिवक्ता,
तोकिएको सहायक कर्मचारी
|
जिल्ला न्यायाधिवक्ता
|
५
|
वार्षिक कार्य
योजना कार्यान्वयन शाखा
|
- कार्यालयको वार्षिक कार्य योजना तयार गर्ने ।
- कार्यालयको वार्षिक योजना कार्यान्वयन गर्ने ।
- कार्ययोजना कार्यान्वयनको प्रतिवदेन तयार गर्ने ।
|
- वार्षिक कार्य योजनासँग सम्बन्धित क्रियाकलापबारे जानकारी लिन प्रयोजन खुलाई निवेदन दिनुपर्ने ।
|
जिल्ला न्यायाधिवक्ता/
सहायक जिल्ला न्यायाधिवक्ता, योजना हेर्ने
सहायक कर्मचारी
|
जिल्ला न्यायाधिवक्ता
|
६
|
पीडित तथा साक्षी संरक्षण शाखा
|
- मुद्दाका पीडित तथा साक्षीलाई परामर्श सेवा प्रदान गर्ने ।
- बकपत्रको वारेमा पिडित तथा सरकारी साक्षीलाई फोन सम्पर्क गरी बकपत्रको जानकारी गराउने ।
|
- बकपत्र गर्न आउदा सम्वन्धित अनुसन्धान गर्ने निकायको पत्र साथ आउनु पर्ने ।
- अन्य विषय बुझ्न पीडित आफैं वा आधिकारीक प्रतिनिधि मार्फत उपस्थित हुनु पर्ने ।
|
साक्षी संरक्षण अधिकारी
|
जिल्ला न्यायाधिवक्ता
|