नमुना सरकारी वकील कार्यालय जुम्लाबाट सम्पादन हुने कामहरुको विवरण

suchana

2019-11-17

नमुना सरकारी वकील कार्यालय जुम्लाबाट सम्पादन हुने कामहरुको विवरण


संलग्न जोडिएका विवरणहरु

नमुना सरकारी वकील कार्यालय जुम्लाबाट सम्पादन हुने कामहरुको विवरण

1.नमुना सरकारी वकील कार्यालयहरुको कार्य चापको आधारमा उपयुक्त स्रोत साधन र भौतिक व्यवस्था गरिने छ । नमुना सरकारी वकील कार्यालयहरुमा दरबन्दी रिक्त रहन दिइने छैन । कुनै कारणबाट रिक्त हुन आएमा समयमा नै जनशक्तीहरुको प्राथमिकता पूर्वक पदपूर्ति गरिने छ ।

2.नमुना सरकारी वकील कार्यालयहरुमा मुद्दा व्यवस्थापन पद्धति (Case Managhent Ayath) लगायतका सफ्टवेयरहरुलाई पूर्णरुपमा कार्यान्वयनमा ल्याइनेछ । सरकारी वकील कार्यालयका काम कारवाहीहरुलाई सूचना प्रणालीमा आबद्ध गरिने छ ।

3.नमुना सरकारी वकील कार्यालयहरुमा पीडित मैत्री कक्षलाई व्यवस्थित गरी आधारभूत सुविधा सम्पन्न बनाइनेछ र पीडितले उक्त सुविधा प्राप्त गर्ने सुनिश्चितता कायम गर्दै सो को निर्धारित ढाँचामा अभिलेखीकरण गरिने छ ।

4.सरकारी गवाहहरुको वकपत्र गराउन साक्षी परामर्श कक्षको व्यवस्था गरी वकपत्र पूर्वपरामर्शको कार्यलाई विशेष प्राथमिकता दिई कार्यान्वयन गरिनेछ ।

5.नमुना सरकारी वकील कार्यालयहरुमा न्यूनतम सुविधा सहितको थुनुवा कक्षबयान कक्ष र थुनुवा भेटघाट कक्ष बनाई सो सुविधा थुनुवा र थुनुवाका आफन्तहरुलाई उपलब्ध गराईनेछ र सो को अभिलेखिकरण गरिने छ ।

6.नमुना सरकारी वकील कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरुलाई स्वच्छ पिउने पानी र प्रतिक्षा कक्षको व्यवस्था गरिनेछ र सेवा वितरणलाई चुस्तदुरुस्त र पारदर्शी बनाईने छ ।

7.अनुसन्धान र अभियोजनलाई प्रभावकारी बनाउन र समन्वय विकास गर्न अनुसन्धानकर्ता र सरकारी वकील वीच मासिक सम्वाद कार्यक्रम नियमित रुपमा संचालन गरिनेछ र यसको अभिलेख राखिने छ ।

8.अपराध अनुसन्धानको क्रममा अनुसन्धानकर्ता लाई दिइने निर्देशनलाई थप व्यवस्थित एवं नियमित तुल्याईने छ । दिइएका निर्देशनहरुको अभिलेख राखिने छ ।

9.सरकार बादी फौजदारी मुद्दाका साक्षी गवाहहरुको नामठेगानासम्पर्क नम्वरइमेल लगायतका विवरण अध्यावधिक गरिनेछ । अदालतमा बकपत्र हुने दिनको सूचना टेलिफोनइमेल वा अन्य विधिबाट गराइने छ ।

10.पीडित तथा साक्षीको अभिलेख अध्यावधिक गर्नेनिजहरुसँगको सम्पर्कलाई नियमित गर्ने र साक्षीहरुले कानून बमोजिम पाउने सुविधाको वितरणलाई थप व्यवस्थित र पारदर्शी बनाइने छ ।

11.अदालत तथा मुद्दा हेर्ने अधिकारी समक्ष हुने मुद्दाको सुनवाई सरकारी वकीलबाट सामान्यतः स्थगित गरिने छैन ।

12.पुनरावेदन गर्ने वा नगर्ने कार्यलाई कानूनमा तोकिएको समयावधि भित्रै विशेष प्राथमिकताको साथ सम्पन्न गरिने छ । पुनरावेदनको म्याद अदालतबाट बुझाउन ल्याएकै दिन बुझिनेछ ।

13.फैसला कार्यान्वयनमा पीडितलाई सहयो गर्न सम्बन्धित निकायसँग समन्वय गरिने छ ।

14.फैसला अन्तिम भएको जानकारी आएपछि पीडितलाई उपयुक्त माध्यमबाट सो को सूचना दिइने छ ।

15.पीडितको तर्फबाट आवश्यकता अनुसार अदालतमा प्रतिनिधित्व समेत गरिने छ ।

16.नमुना सरकारी वकील कार्या लयमा महिला तथा बालबालिका सेल स्थापना गरी कार्य सञ्चालन गरिने छ । सो कार्यालयमा सेवाग्राही सहायता डेस्क रहने छ । त्यस्ता कार्यालयहरुको कम्तीमा त्रैमासिक अनुगमन गरिनेछ ।

 

सूचना

कोभिड -१९ सम्वन्धी अपनाउने सुचना


जिल्ला सरकारी वकील कार्यालय जुम्लाको कार्यालयको काम कारवाही प्रभावकारी बनाउने सम्वन्धमा मिति २०७६ फाल्गुण महिना ११ गतेको कर्मचारी बैठक गरियो ।


जिल्ला वकील कार्यालय जुम्लाको कार्यालयको काम कारवाही प्रभावकारी बनाउने सम्वन्धमा मिति २०७६ श्रावण ५ गतेको कर्मचारी बैठकका निर्णयहरू


नमुना सरकारी वकील कार्यालय जुम्लाबाट सम्पादन हुने कामहरुको विवरण


जिल्ला वकील कार्यालय जुम्लाको कार्यालयको काम कारवाही प्रभावकारी बनाउने सम्वन्धमा मिति २०७६ श्रावण १२ गतेको कर्मचारी बैठकका निर्णयहरू


जिल्ला वकील कार्यालय जुम्लाका कर्मचारीहरूको सरकारी वकील र कर्मचारीले पालना गर्नु पर्ने आचार संहिता २०७५ पालना गर्ने सम्वन्धी मिति २०७५ श्रावण ५ गतेको प्रतिवद्धता


जिल्ला वकील कार्यालय जुम्लाको कार्यालयको काम कारवाही प्रभावकारी बनाउने सम्वन्धमा मिति २०७६ श्रावण ५ गतेको कर्मचारी बैठकका निर्णयहरू


सुचना