‘समुदाय-प्रहरी साझेदारी र समुदायमा सरकारी वकिल’ कार्यक्रम २०७६/०८/०४

samachar

2076-8-6

मिति २०७६।०८।०४ गते दिउसो १३;०० बजेको समयमा जिल्ला मनाङ चामे ४ स्थित चामे गाउंपालिका कार्यालयको सभाहलमा जिल्ला प्रहरी कार्यालय मनाङ र जिल्ला सरकारी वकिल कार्यालयको संयुक्त आयोजनामा ‘समुदाय-प्रहरी साझेदारी र समुदायमा सरकारी वकिल’ कार्यक्रम आयोजना गरियो। उक्त कार्यक्रम जिल्ला सरकारी वकिल कार्यालय मनाङका जिल्ला न्याधिवक्ता शान्ति प्रसाद लुईटेलको अध्यक्षतामा, प्रमुख अतिथि लोकेन्द्र बहादुर घले , विशेष अतिथि निमित्त प्रमुख जिल्ला अधिकारी कमल प्रसाद आर्चाय, प् प्र.नि. श्रवण कुमार वि.क., अतिथिहरुमा चामे गा.पा.का प्रमुख प्रशासकीय अधिकृत गंगा बहादुर थापा,डिभिजन वन कार्यालय अधिकृत विष्णु प्रसाद अधिकारी, जिल्ला निर्वाचन अधिकृत जनार्दन अधिकारी लगायत अन्य सुरक्षा निकायका प्रतिनिधी, बिभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधी, स्थानिय जनप्रतिनिधीहरु, स्थानिय राजनैतिक दल, युवा क्लब, आमा समुहहरुका प्रतिनिधी, पत्राकार, समाजसेवी एंव बुद्धिजिबी भद्रभलाद्मीहरु समेत गरी ४५ जनाको उपस्थिति रहेको थियो। उक्त कार्यक्रम १४;३० बजेको समयमा समापन भएको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments