समुदायमा सरकारी वकील कार्यक्रम

samachar

2076-2-1

जिल्ला सरकारी वकील कार्यालय मनाङको आयोजनामा आर्थिक वर्ष २०७५-७६ मा सञ्चालन हुने सामुदायमा सरकारी वकील कार्यक्रम अन्तर्गत दोस्रो कार्यक्रम मिति २०७६-०१-१४ गते मनाङ जिल्लाको नासोङ गाउपालिका अन्तर्गत थोतेमा एतिहासिक रुपमा सम्पन्न भयो । सो कार्यक्रममा जि. न्यायाधिवक्ता श्री शान्ती प्रसाद लुइटेलको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा माननिय जिल्ला न्यायाधिस श्री उमानाथ गौतम, प्रमुख जिल्ला अधिकारी श्री रुद्रनाथ देवकोटा, प्रहरी नायक उपरिक्षक श्री खडग बहादुर खत्री र नासोङ गाउपालिकाका अध्यक्ष श्री चन्द्र गुरुङ सहित सहभागिता रहेको थियो ।

सो कार्यक्रममा १०० जनाको सहभागिता रहेको थियो । सो अवसरमा जिल्ला सरकारी वकील कार्यालय मनाङको तर्फबाट जिल्ला न्यायाधिवक्ता श्री शान्ती प्रसाद दुइटेलले कार्यपत्र प्रस्तुत गर्नुका साथै अन्तर्कृया कार्यक्रम समेत सम्पन्न भएको थियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments