निजामती सेवा दिवस २०७६ को अवसरमा उत्कृष्ट कर्मचारी सम्मानित गरियो

suchana

2019-09-08


संलग्न जोडिएका विवरणहरु

 निजामती सेवा दिवस जिल्ला समारोह समिति झापाको आयोजनामा आज मिति २०७६/५/२२ गते झापा जिल्ला सदरमुकाम चन्द्रगढीमा १४ औँ निजामती सेवा दिवस उत्साहका साथ मनाईयो । ‘सक्षम निजामती प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने मूलनारामा साथ दिवस देशभरि मनाउने निर्णयानुसार झापा जिल्लामा पनि भव्यताका साथ यो दिवस मनाईएको हो।माननीय जिल्ला न्यायाधीश श्री किरणकुमार पोखरेलज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त समारोहमा माननीय जिल्ला न्यायाधीश , जिल्ला न्यायाधिवक्ता केशवप्रसाद पन्त, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक, जिल्ला स्थित कार्यालयका कार्यालय प्रमुखहरु र अन्य निजामती कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो। सो अवसरमा  यस कार्यालयका टाईपिष्ट नायब सुब्वा श्यामकुमार राईलाई कार्यालयको तर्फबाट उत्कृष्ट कर्मचारी छनौट गरि प्रशंसा-पत्र र नगद सहित सम्मानित गरियो।  

समाचार

सरकारी वकील कार्यालयका अभियोजनकर्ता सरकारी वकील र अनुसन्धानकर्ता प्रहरी बीचको अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन 2082


कार्तिक महिनाको मुद्दाको मासिक प्रतवेदन 2082


अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जिल्लास्तरीय संयन्त्रको प्रभावकारिता बढाउने सम्बन्धमा ।


आज मिति २०८२।०८।१९ गतेका दिन जिल्ला सरकारी वकील कार्यालय झापाका जिल्ला न्यायधिवक्ता श्री खडिन्द्र राज कटुवालको अध्यक्षतामा सरकारी वकील कार्यालयका अभियोजनकर्ता सरकारी वकील र अनुसन्धानकर्ता प्रहरी बीचको अन्तरक्रिया कार्यक्रमको झलक


असोज महिनाको मासिक प्रतिवेदन 2082


जानकारी सम्बन्धमा ।


आ.व. ०८१-०८२ को जिन्सी निरीक्षण प्रतिवेदन


आ.व.०८१।०८२ को वार्षिक प्रतिवेदन


अषाढ महिनाको मासिक प्रतिवेदन 2082


आ.व. ०८२०८३ स्वीकृत बार्षिक कार्ययोजना