2076-4-29
आज मिति २०७६/४/२९ गते जिल्ला सरकारी वकील कार्यालय झापाका जिल्ला न्यायाधिक्ता श्री केशवप्रसाद पन्त ज्यू को संयोजकत्वमा जिल्ला समन्वय समितिको बैठक सम्पन्न भएकाो छ । सहायक प्रमुख जिल्ला अधिकारी श्री माधव पोखरेल, प्रहरी उपरिक्षक श्री दिनेशराज मैनाली, मेडिकल सुपरीटेन्डेन्ट श्री पिताम्बर ठाकुर र सहायक जिल्ला न्यायाधिवक्ता श्री कल्याण पराजुली समेतको उपस्थितिमा सम्पन्न उक्त बैठकमा झापा जिल्ला अदालतका श्रेष्तेदार श्री दुर्गा खनाल डिभिजन वन अधिकृत श्री विष्णुलाल घिमिरे मुद्धा चलाउने छ वटा इलाका प्रहरी कार्यालयका कार्यालय प्रमुख आमन्त्रित अतिथिको रुपमा उपस्थित रहनुभएको थियो।उक्त बैठकमा निम्न प्रस्तावमा छलफल गरिएको थियो।
प्रस्ताव-१ मुद्धा सम्बन्धी
प्रस्ताव-२ नमुना सरकारी वकील कार्यालयको जानकारी
प्रस्ताव-३ परिचय खुल्ने कागजात सम्बन्धमा
उल्लेखित प्रस्तावहरु उपर छलफल गर्दा निम्नानुसारको निर्णय गरियो।
निर्णय-१ अनुसन्धान पश्चात पेश हुने अनुसन्धान प्रतिवेदनमा मुद्धासँग तथ्यगत दफा बमोजिमको राय प्राप्त हुनुपर्नेमा यदाकदा त्यस्तो नहुँदा कामकाज गर्न असहज हुने हुँदा अनुसन्धान प्रतिवेदन हेरी जाँची पठाउने व्यवस्था गर्न र गराउन सम्बन्धित अनुसन्धान अधिकृतलाई जानकारी गराउने
निर्णय-२ महान्यायाधिवक्ताको कार्यालयबाट यस जिल्ला सरकारी वकील कार्यालयलाई नमुना सरकारी वकील कार्यालय घोषणा गरिएको प्रति महान्यायाधिवक्ता कार्यालयलाई आभार व्यक्त गर्दै तोकिएको सम्पादन हुनु पर्ने कामहरुमा सबै क्षेत्रबाट सहयोगको अपेक्षा गर्ने
निर्णय-३ परिचय खुल्ने कागजातका सम्बन्धमा पटक पटक अनुसन्धान अधिकृतसँग छलफल गर्दा पनि अझै सबै मुद्धाहरुमा पीडित र प्रतिवादीहरुको उमेर खुल्ने कागजातको अभावमा अदालतबाट मुद्धामा दरपिठ हुने अवस्थाको विद्यमानता रहेको देखिँदा उमेर खुल्ने परीचय पत्र र एकिन नामथर वतन सम्बन्धित निकाय निर्वाचन (निर्वाचन कार्यालय गाँउपालिका नगरपालिका र विद्यालय) बाट खुलाई पेश गर्न गर्नुहुन ।
जानकारी सम्बन्धमा ।
सत्य निरुपण तथा मेलमिलाप आयोगको उजुरी संकलन गर्न सम्पर्क व्यक्ति तोकिएको ।
निजामती सेवा दिवस २०७६ को अवसरमा उत्कृष्ट कर्मचारी सम्मानित गरियो
यस कार्यालयबाट श्रावण महिनामा भएको मुद्धाका कामकारवाही सम्बन्धी विवरण
महिला तथा बालबालिका सेलको गठन र पीडित सहायता अधिकृत तोकीएको
उत्कृष्ट कर्मचारी घोषण गरिएको।
सरकारी वकील कार्यालयका अभियोजनकर्ता सरकारी वकील र अनुसन्धानकर्ता प्रहरी बीचको अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन 2082
कार्तिक महिनाको मुद्दाको मासिक प्रतवेदन 2082
अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जिल्लास्तरीय संयन्त्रको प्रभावकारिता बढाउने सम्बन्धमा ।
आज मिति २०८२।०८।१९ गतेका दिन जिल्ला सरकारी वकील कार्यालय झापाका जिल्ला न्यायधिवक्ता श्री खडिन्द्र राज कटुवालको अध्यक्षतामा सरकारी वकील कार्यालयका अभियोजनकर्ता सरकारी वकील र अनुसन्धानकर्ता प्रहरी बीचको अन्तरक्रिया कार्यक्रमको झलक
असोज महिनाको मासिक प्रतिवेदन 2082
जानकारी सम्बन्धमा ।
आ.व. ०८१-०८२ को जिन्सी निरीक्षण प्रतिवेदन
आ.व.०८१।०८२ को वार्षिक प्रतिवेदन
अषाढ महिनाको मासिक प्रतिवेदन 2082
आ.व. ०८२०८३ स्वीकृत बार्षिक कार्ययोजना