2076-2-17
अनुसन्धानमा देखिएका समस्याका सम्बन्धमा अनुसन्धान गर्ने निकायहरु बीच आपसी समन्वय गरि अनुसन्धान प्रभावकारी बनाउने उद्धेश्यले आज मिति २०७६/२/१७ गते जिल्ला सरकारी वकील कार्यालय झापाका जिल्ला न्यायाधिवक्ता श्री केशवप्रसाद पन्तको संयोजकत्वमा समन्वय समितिको बैठक सम्पन्न भएको छ। समितिका सदस्यहरु सहायक प्रमुख जिल्ला अधिकारी श्री माधवप्रसाद पोखरेल, प्रहरी उपरीक्षक दिनेशराज मैनाली, मेचि अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट श्री पिताम्वर ठाकुर, सदस्य सचिव सहायक जिल्ला न्यायाधिवक्ता श्री कल्याण पराजुली समेतको उपस्थितिमा सम्पन्न उक्त बैठकमा मुद्धा अनुसन्धान गर्ने छ वटै प्रहरी कार्यालयका कार्यालय प्रमुख , मालपोत कार्यालयका मालपोत अधिकृत , कारागार कार्यालयका जेलर र यस कार्यालयका कर्मचारीहरुको समेत सहभागिता रहेको थियो। मुद्धाका साक्षीहरुको वकपत्र र थुनुवाको स्वास्थ्य परीक्षण/उपचार सम्बन्धमा बैठकमा छलफल भएको थियो । उक्त बैठकले हेलो साक्षी कार्यक्रम मार्फत साक्षीहरुलाई वकपत्रको अघिल्लो दिन टेलिफोन मार्फत जानकारी गराउने गरेको कारण साक्षीको उपस्थिति राम्रो रहेतापनि यदाकदा सम्बन्धित कार्यालयबाट साक्षी उपस्थित गराउन नसकेको र सोको कारण सहितको पत्र समेत प्राप्त नहुदा पुनः उपस्थितिको लागि आदेश माग गर्न समस्या रहेकोले त्यसतर्फ समेत ध्यान दिने र थुनुवाहरुको सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखी उनीहरुको स्वास्थ्य परीक्षण र उपचारमा प्राथमिकता दिने तर्फ उचित व्यवस्थापन गर्ने समेत निर्णय गरेको छ।
जानकारी सम्बन्धमा ।
सत्य निरुपण तथा मेलमिलाप आयोगको उजुरी संकलन गर्न सम्पर्क व्यक्ति तोकिएको ।
निजामती सेवा दिवस २०७६ को अवसरमा उत्कृष्ट कर्मचारी सम्मानित गरियो
यस कार्यालयबाट श्रावण महिनामा भएको मुद्धाका कामकारवाही सम्बन्धी विवरण
महिला तथा बालबालिका सेलको गठन र पीडित सहायता अधिकृत तोकीएको
उत्कृष्ट कर्मचारी घोषण गरिएको।
सरकारी वकील कार्यालयका अभियोजनकर्ता सरकारी वकील र अनुसन्धानकर्ता प्रहरी बीचको अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन 2082
कार्तिक महिनाको मुद्दाको मासिक प्रतवेदन 2082
अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जिल्लास्तरीय संयन्त्रको प्रभावकारिता बढाउने सम्बन्धमा ।
आज मिति २०८२।०८।१९ गतेका दिन जिल्ला सरकारी वकील कार्यालय झापाका जिल्ला न्यायधिवक्ता श्री खडिन्द्र राज कटुवालको अध्यक्षतामा सरकारी वकील कार्यालयका अभियोजनकर्ता सरकारी वकील र अनुसन्धानकर्ता प्रहरी बीचको अन्तरक्रिया कार्यक्रमको झलक
असोज महिनाको मासिक प्रतिवेदन 2082
जानकारी सम्बन्धमा ।
आ.व. ०८१-०८२ को जिन्सी निरीक्षण प्रतिवेदन
आ.व.०८१।०८२ को वार्षिक प्रतिवेदन
अषाढ महिनाको मासिक प्रतिवेदन 2082
आ.व. ०८२०८३ स्वीकृत बार्षिक कार्ययोजना