समुदायमा सरकारी वकील कार्यक्रम २०७६ को कार्यक्रमको संक्षिप्त प्रतिवेदन

samachar

2076-1-22

कार्यक्रमको संक्षिप्त प्रतिवेदन

१)    कार्यक्रमको नामः- समुदायमा सरकारी वकील कार्यक्रम २०७६ ।

२)    कार्यक्रम सञ्चालन स्थानः- दमक नगरपालिका कार्यालय झापा।

३)    मितिः- २०७६/१/२०

४)    कार्यक्रमको अवधिः-२  घण्टा (विहान ११:०० बजेदेखि अपरान्ह १:०० बजे सम्म)

५)    सहभागी संख्याः-   ४४               महिलाः -१६         पुरुषः-२८    अन्यः

६)    कार्यक्रमको उद्देश्‍यः

क)   सरकारी वकील कार्यालयहरु र सरकारी वकीलहरुले गर्ने कामकारवाहीका बारेमा सर्वसाधारणको बुझाई बारे जानकारी लिई थप कुराको सञ्चार गर्न तथा सेवाग्राही वा सरोकारवालासँग राखेको अपेक्षा सेवाग्राही वा सरोकारवालालाई जानकारी दिन।

७)    सहकार्य भएको निकाय वा संस्थाः-  दमक न.पा, इलाका प्रहरी कार्यालय दमक झापा, शैक्षिक संस्था,समाजसेवी तथा पत्रकारहरु।

८)    प्रस्तुत भएको विषयहरु र प्रस्तुतकर्ताः-

क) अपराध अनुसन्धानमा प्रहरीको भूमिका चुनौती र समाधानका उपायहरु - प्रस्तुतकर्ता प्रहरी उपरीक्षक श्री दिनेशराज मैनाली  

९)    छलफलमा उठेका मुख्य मुख्य विषयहरुः-

      क) समाजमा साईबर अपराध बढिरहेकोले यसलाई न्यूनिकरण गर्न के गर्नुपर्ला?

      ख) साईवर  अपराधको उजुरी अनुसन्धान गर्ने स्थानिय प्रहरी कार्यालयमा किन दर्ता हुँदैन?

      ग) निशुल्क कानुनी सहायता को कसले पाउने ?

       घ) जवरजस्ती करणीबाट जन्मेको बच्चाको हैसियत के हुने ?

       ङ) गाँउघरमै मिलाउन हुने र नहुने मुद्धा के के हुन ?

       च) अपराध पीडित कस्ता मानिसलाई भनिन्छ ? उनीहरुका यी अधिकारको प्रयोग कसरी हुन्छ ?

       छ) जवरजस्ती करणी, जवरजस्ती करणी उद्योग, घरेलु हिंसा जस्ता मुद्दा समाजमा किन यति धेरै बढेका         छन् ? यिनको नियन्त्रण कसरी हुन सक्ला ?

       ज) यस्तो कानुनी ज्ञानको कार्यक्रम ल्याईदिनु भएकोमा हामी धेरै खुसी छौ । अझ अरु कार्यक्रमहरु पनि ल्याइएमा राम्रो हुने थियो ।

              सहभागीहरुका जिज्ञासाको संवोधन जिल्ला न्यायाधिवक्ता श्री केशवप्रसाद पन्त र प्रहरी उपरीक्षक श्री दिनेशराज मैनालीले गर्नु भयो। 

      

१०)  मुख्य उपलब्धिहरुः-

क)  सरोकारवाला र सर्वसाधारणलाई सरकारी वकील र सरकारी वकील कार्यालयले गर्ने कामको बारेमा प्रशस्त जानकारी गराउन मद्दत मिलेको ।

ख) न्यायिक काम कारवाही गर्ने निकायले पनि सेवाग्राहीसँग नजिकको र प्रत्यक्ष सम्बन्ध राख्रु पर्दछ र सेवाग्राहीको धारणा बुझी उनीहरुको भावना अनुरुप सहज सेवा प्रवाह गर्नु पर्दछ भन्ने अनुभव भएको।

११)  सहभागीको सुझावः-

       क) यस्तो कार्यक्रम बर्षमा कम्तिमा ३ पटक गर्नुपर्ने ।

       ख) निःशुल्क कानूनी सहायता, जिल्ला कानूनी सहायता समितिको कामको प्रचारप्रसार गर्नुपर्ने ।

ग) समुदायलाई पनि प्रत्यक्ष रुपमा संलग्न गरेर कार्यक्रम गर्नुपर्ने । 

१२)  आयोजकको अनुभव (आइपरेका  समस्याहरु/चुनौतीहरु)

क) कार्यक्रमको समयावधी वढाउनुपर्ने देखियो।

ख) कार्यक्रमका सहभागीहरुमा सरकारी वकील कार्यालय र यसले सम्पादन गर्ने कार्यका सम्बन्धमा अनभिज्ञता देखिएको हुँदा यस्तो कार्यक्रम अझ धेरै गर्नुपर्ने देखियो ।

ग)  कार्यक्रम पूर्ण रुपमा समुदाय केन्द्रित भएकोले प्रभावकारी भएको ।

१३)  आगामी कार्यक्रमका लागि सुझावः

क)  कार्यक्रम कम्तिमा एक कार्यदिन (पाँच घण्टा सम्म) का लागि गर्नु उपयुक्त हुने ।

ख)  सरकारी वकीलको परिचय र कामकारवाहीका बारेमा स्थानीय तहका पदाधिकारी सहित समुदायलाई पनि समावेश गरी कार्यक्रम गर्न उपयुक्त हुने ।      

संलग्न अनुसुचीहरु

       क) कार्यक्रम तालिका

       ख) सहभागीको नामावली

       ग) कार्यक्रममा खिचिएका सहभागी समेतका तस्विरहरु

       घ) कार्यक्रमको बुकलेट

संयोजकः- जिल्ला न्यायाधिवक्ता केशवप्रसाद पन्त

सह-संयोजकः- मदन न्यौपाने, सहायक जिल्ला न्यायाधिवक्ता

प्रतिवेदकः- मदन न्यौपाने सहायक जिल्ला न्यायाधिवक्ता, खरिदार उपेन्द्र रिमाल

मितिः- २०७६/१/२२

जिल्ला सरकारी वकील कार्यायल

झापा

कार्यक्रमको नामः- समुदायमा सरकारी वकील कार्यक्रम २०७६ ।

कार्यक्रम तालिका

मितिः २०७६।०१।२०

स्थानः श्री  दमक नगरपालिका कार्यालय झापा ।

समय

विषय

सहजकर्ता

११.००-११.१०

कार्यक्रम सञ्चालनः- प्रारम्भ परिचय र भूमिका

श्री रामप्रसाद पोखरेल

११.१०-११.२०

स्वागत मन्तव्य र कार्यक्रमको उद्देश्यबारे प्रकाश

श्री मदन न्यौपाने (स.जि.न्या.व. , जि.स.व.का.- झापा)

११.२०-११.५०

अपराध अनुसन्धानमा प्रहरीको भूमिका चुनौती र समाधानका उपायहरु विषयक कार्यपत्र प्रस्तुत

श्री दिनेशराज मैनाली (प्रहरी उपरिक्षक जि.प्रह.का.झापा.)

११.५०- १२.१०

अन्तरक्रिया /प्रश्नोत्तर

जिल्ला न्यायाधिवक्ता श्री केशवप्रसाद पन्त जि.स.व.का.झापा

प्रहरी उपरीक्षक श्री दिनेशराज मैनाली जि.प्रह.का झापा ।

१२.१०-१२.३०

कार्यपत्र माथी टिप्पणी

वरिष्ठ अधिवक्ता श्री गजेन्द्रप्रसाद आचार्य

नेपाल बार ऐसोसिएसन झापा

१.३०-१.३५

मन्तब्य

क्याम्पस प्रमुख श्री उत्तम प्रसाद भट्टराई दमक बहुमुखी क्याम्पस दमक झापा)

१.३५-१.४०

मन्तब्य

प्रहरी नायव उपरीक्षक श्री श्यामलकुमार सुब्बा

इलाका प्रहरी कार्यालय दमक झापा

१.४०-१.५०

मन्तब्य

नेपाल बार ऐसोसिएसन झापाका अध्यक्ष वरिष्ठ अधिवक्ता श्री लेखनाथ निरौला

१.५०-२.००

धन्यवाद तथा समापन मन्तव्य

जिल्ला न्यायाधिवक्ता श्री केशवप्रसाद पन्त

२.००

खाजा

सवै सहभागी र आयोजक

 

 

 


संलग्न जोडिएका विवरणहरु

No Attachments