• जिल्ला सरकारी वकील कार्यालय पर्साको WEB SITE मा तपाईलाई हार्दिक स्वागत छ । जिल्ला सरकारी वकील कार्यालय पर्साले संविधान र कानून वमाोजिम सम्पादन गर्ने काम कारवाहीका सम्वन्धमा कुनै सल्लाह सुझाव वा गुनासो भए कार्यालयको टेलिफोन नं.०५१-५२२८८०, मोबाईल नं.९८५५०३२०४४ अथवा कार्यालयको ईमेल dgao.parsa@ag.gov.np मा सम्पर्क गर्नु हुन अनुरोध छ ।

परिचय

न्याय प्रशासन ऐन२०७३ दफा ३ मा प्रत्येक जिल्लामा एउटा जिल्ला अदालत रहने व्यवस्था छ । जिल्ला अदालतको मुकाम रहेको स्थानमा जिल्ला सरकारी वकील कार्यालय रहने व्यवस्था सरकारी वकील नियमावली२०७७ को नियम ४ को उपनियम ९ मा गरिएको छ । सो अनुरुप जिल्ला अदालतहरू रहेका स्थानमा जिल्ला सरकारी वकील कार्यालयहरूको स्थापना भई कार्यसम्पादन हुँदै आएको छ । नेपाल सरकार वादी हुने फौजदारी तथा देवानी मुद्दाहरू चलाउने नचलाउने सम्बन्धी निर्णय गर्ने सम्वन्धित अड्डा अदालतमा मुद्दा दायर गर्ने नेपाल सरकार वादी भइ चल्ने मुद्दामा नेपाल सरकारको तर्फवाट प्रतिरक्षा गर्नेजिल्ला स्थित संघीय सरकार अन्तर्गतका सरकारी कार्यालयहरूलाई कानुनी राय प्रदान गर्नेजिल्ला अदालतमा पुनरावेदन लाग्ने नेपाल सरकार वादी हुने मुद्दामा पुनरावेदन सम्वन्धी कार्य गर्ने आदि कार्यहरू जिल्ला सरकारी वकील कार्यालयमा कार्यरत जिल्ला न्यायाधिवक्ता तथा सहायक जिल्ला न्यायाधिवक्ताहरूवाट हुदै आएको छ ।

 

प्रदेश नं. २ अन्तर्गत जिल्ला पर्सा बीरगंज महानगरपालिका वडा नं.१३ अवस्थित यस कार्यालयमा नेपाल न्याय सेवा सरकारी वकील समूहका राजपत्रांकित द्वितीय श्रेणीका जिल्ला न्यायाधिवक्ताले कार्यालयको प्रमुखको रुपमा कार्य गर्दछन् । यस कार्यालयमा राजपत्रांकित तृतीय श्रेणीका दुई जना सहायक जिल्ला न्यायधिवक्ता, रा.प.अनं. प्रथम श्रेणीका तिन जना, रा.प.अनं. द्वितीय श्रेणीका तिन जना र अन्य सहायक कर्मचारीहरूले सेवा प्रवाह गरिरहेको अवस्था छ ।

 

जिल्लाको संक्षिप्त परिचय

पर्सा जिल्ला मध्यमाञ्चल विकास क्षेत्रको नारायणी अञ्चलमा पर्दछ। यस जिल्लाको सदरमुकाम बीरगंज महानगरपालिका हो । पर्सा जिल्लाको सिमानामा पूर्वमा बारा जिल्ला पर्दछ, पश्चिममा चितवन जिल्ला, उत्तरमा मकवानपुर जिल्ला पर्दछ भने दक्षिणमा भारतको सिमाना पर्दछ । यस जिल्लाको क्षेत्रफल ७८४.६३ बर्ग कि. मि र ५,९४,४४६ जनसंख्या रहेको छ। यस जिल्लामा १ महानगरपालिका, ३ नगरपालिका र १० गाउँपालिका रहेका छन् । यस जिल्लाको प्रमुख भाषामा हिन्दी, भोजपुरी र नेपाली हुन् र पर्साको प्रमुख बाहुल्य जातीमा क्रमिकरूपमा यादव, कुशवाहा-कोइरि, मुस्लिम, तेली आदी पर्दछन् ।

 


Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.

जिल्ला न्यायाधिवक्ता

सुशील देवकोटा

सहायक जिल्ला न्यायाधिवक्ता

डाल बहादुर नेपाली

सहायक जिल्ला न्यायाधिवक्ता

उमेश विजश्री थारु

सहायक जिल्ला न्यायाधिवक्ता

सुजता पौडेल

सहायक जिल्ला न्यायाधिवक्ता

अक्षि सुवेदी