परिचय

सुदुरपश्चिम  प्रदेशको महाकाली अञ्चलमा रहेको दार्चुला जिल्लाको पूर्वमा बझाङ जिल्ला, पश्चिममा भारतको उत्तराखण्ड पिथौरागढ ,उत्तरमा चिनको स्वशासित प्रदेश तिब्बत र दक्षीणमा बैतडी जिल्लाको बिचमा रहेको दार्चुला जिल्लाको महाकाली न. पा. वडा न. ४ मा अवस्थित यस जिल्ला सरकारी वकील कार्यालयको स्थापना २०२८ सालमा भएको हो । यस कार्यालयको नाममा ११८० वर्गमिटर क्षेत्रफल रहेको छ ।यस कार्यालयको दुई वटा भवन छन्। नवनिर्मित भवनले चर्चेको क्षेत्रफल २०२.९९ वर्ग मिटर छ । भवन अढाई तले १८ कोठा रहेका छन् । नविनतम् अवधारणा वमोजिम भवनमा वयान कक्ष ,पिडित मैत्री कक्ष, पुस्तकालय ,वैठक हल, अभिलेखालय, गेस्ट रुम सहित कार्यालय प्रमुखको लागी आवास व्यवस्था रहेको छ । यस कार्यालयमा जिल्ला न्यायाधिवक्ता १, सहायक जिल्ला न्यायाधिवक्ता १ ,नायव सुब्बा १, टा. ना. सु. १, खरिदार १ ,हलुका सवारी चालक १, कार्यालय सहयोगी ३ समेतको दरबन्दी रहेको छ ।


मिति २०७९।०३।१० गते शुक्रवारका दिन दार्चुला जिल्ला मालिकार्जुन गाउपालिका वडा नम्बर १ भर्तोला स्थित श्री निलपातलेश्वर मा.वि.भर्तोलामा विद्यालय व्यवस्थापन समिती, शिक्षकवर्ग,कक्षा ८,९,१० का विद्यार्थीहरु समेत गरी करिब ६०/७०जनाको उपस्थितीमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरियो ।


यस कार्यालयको आ व २०७८/०७९ को वार्षिक कार्ययोजनाको बुदा नम्बर ४.१८.१ वमोजिम उक्त कार्यान्वयनको सिलसिलामा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १९४ वमोजिम केन्द्रिय समन्वय समितिको मिति २०७५।५।।६ को निर्णय वमोजिम गठित जिल्ला समन्वय समिति दार्चुलाको बैठक यही मिति २०७८।८।२३ गतेका दिन यस कार्यालयका कार्यालय प्रमुख श्री लक्ष्मण खनालको संयोजकत्वमा पदेन सदस्य तथा आमन्त्रित सदस्यहरुको उपस्थितीमा बैठक सम्पन्न गरीयो ।


मिति २०७८।०८।१० गते शुक्रवारका दिन दार्चुला जिल्ला शैल्यशिखर नगरपालिका वडा नम्बर १ बारीलमा स्थानिय जनप्रतिनिधी,आमा समुह,स्थानिय विद्यालयका शिक्षक शिक्षिका,विद्यार्थीहरु,स्थानिय प्रहरी चौकीका प्रहरी प्रमुख तथा सो स्थानका जेष्ठ नागरीक लगायत स्थानिय भद्रभलादमी समेत गरी करिब १०० जनाको उपस्थितीमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरियो ।



महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता श्री लोकराज पराजुलीको संयोजकत्वमा खटिएको अनुगमन टोलीद्वारा जिल्ला प्रहरी कार्यालय दार्चुला,जिल्ला कारागार दार्चुला र यस जिल्ला सरकारी वकील कार्यालय दार्चुलाको अनुगमन तथा निरिक्षण कार्य मिति २०७८।६।१७ देखी २०७८।०६।१८ गतेका दिन सम्म सम्पन्न गरियो ।


मिति २०७८।६।१८ गतेका दिन विहान ११:३० बजेको समयमा मुलुकी फौजदारी कार्य विधि संहिता,२०७४ को दफा १९४ वमोजिम गठित केन्द्रिय समन्वय समितिवाट मिति २०७५।५।६ को निर्णय वमोजिम गठन भएको जिल्ला समन्वय समिति दार्चुलाका संयोजक निमित्त जिल्ला न्यायाधिवक्ता श्री लक्ष्मण खनालको संयोजकत्वमा गठित समितीका सदस्यहरु,आमन्त्रित सदस्यहरु र महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता श्री लोकराज पराजुलीको संयोजकत्वमा खटिएको अनुगमन टोलीका सदस्यहरुको बिशेष उपस्थितीमा फौजदारी कसुरको अनुसन्धान र अभियोजनको प्रभावकारी सम्बन्धमा छलफल सम्पन्न गरियो ।


Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.

जिल्ला न्यायाधिवक्ता

तारा सिंह धामी

नायव सुव्वा

किरण राज जोशी

टा. ना. सु.

बसन्ती अवस्थी (भट्ट)