मिति २०७८।०८।१० गते शुक्रवारका दिन दार्चुला जिल्ला शैल्यशिखर नगरपालिका वडा नम्बर १ बारीलमा स्थानिय जनप्रतिनिधी,आमा समुह,स्थानिय विद्यालयका शिक्षक शिक्षिका,विद्यार्थीहरु,स्थानिय प्रहरी चौकीका प्रहरी प्रमुख तथा सो स्थानका जेष्ठ नागरीक लगायत स्थानिय भद्रभलादमी समेत गरी करिब १०० जनाको उपस्थितीमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरियो ।

samachar

2078-8-12


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

मिति २०७९।०३।१० गते शुक्रवारका दिन दार्चुला जिल्ला मालिकार्जुन गाउपालिका वडा नम्बर १ भर्तोला स्थित श्री निलपातलेश्वर मा.वि.भर्तोलामा विद्यालय व्यवस्थापन समिती, शिक्षकवर्ग,कक्षा ८,९,१० का विद्यार्थीहरु समेत गरी करिब ६०/७०जनाको उपस्थितीमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरियो ।


यस कार्यालयको आ व २०७८/०७९ को वार्षिक कार्ययोजनाको बुदा नम्बर ४.१८.१ वमोजिम उक्त कार्यान्वयनको सिलसिलामा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १९४ वमोजिम केन्द्रिय समन्वय समितिको मिति २०७५।५।।६ को निर्णय वमोजिम गठित जिल्ला समन्वय समिति दार्चुलाको बैठक यही मिति २०७८।८।२३ गतेका दिन यस कार्यालयका कार्यालय प्रमुख श्री लक्ष्मण खनालको संयोजकत्वमा पदेन सदस्य तथा आमन्त्रित सदस्यहरुको उपस्थितीमा बैठक सम्पन्न गरीयो ।


मिति २०७८।०८।१० गते शुक्रवारका दिन दार्चुला जिल्ला शैल्यशिखर नगरपालिका वडा नम्बर १ बारीलमा स्थानिय जनप्रतिनिधी,आमा समुह,स्थानिय विद्यालयका शिक्षक शिक्षिका,विद्यार्थीहरु,स्थानिय प्रहरी चौकीका प्रहरी प्रमुख तथा सो स्थानका जेष्ठ नागरीक लगायत स्थानिय भद्रभलादमी समेत गरी करिब १०० जनाको उपस्थितीमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरियो ।



महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता श्री लोकराज पराजुलीको संयोजकत्वमा खटिएको अनुगमन टोलीद्वारा जिल्ला प्रहरी कार्यालय दार्चुला,जिल्ला कारागार दार्चुला र यस जिल्ला सरकारी वकील कार्यालय दार्चुलाको अनुगमन तथा निरिक्षण कार्य मिति २०७८।६।१७ देखी २०७८।०६।१८ गतेका दिन सम्म सम्पन्न गरियो ।


मिति २०७८।६।१८ गतेका दिन विहान ११:३० बजेको समयमा मुलुकी फौजदारी कार्य विधि संहिता,२०७४ को दफा १९४ वमोजिम गठित केन्द्रिय समन्वय समितिवाट मिति २०७५।५।६ को निर्णय वमोजिम गठन भएको जिल्ला समन्वय समिति दार्चुलाका संयोजक निमित्त जिल्ला न्यायाधिवक्ता श्री लक्ष्मण खनालको संयोजकत्वमा गठित समितीका सदस्यहरु,आमन्त्रित सदस्यहरु र महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता श्री लोकराज पराजुलीको संयोजकत्वमा खटिएको अनुगमन टोलीका सदस्यहरुको बिशेष उपस्थितीमा फौजदारी कसुरको अनुसन्धान र अभियोजनको प्रभावकारी सम्बन्धमा छलफल सम्पन्न गरियो ।