परिचय

परिचय

    न्याय प्रशासन ऐन२०७३ दफा ३ मा प्रत्येक जिल्लामा एउटा जिल्ला अदालत रहने व्यवस्था छ । जिल्ला अदालतको मुकाम रहेको स्थानमा जिल्ला सरकारी वकील कार्यालय रहने व्यवस्था सरकारी वकील नियमावली२०५५ को नियम ४ को उपनियम ४ मा गरिएको छ । सो अनुरुप जिल्ला अदालतहरू रहेका स्थानमा जिल्ला सरकारी वकील कार्यालयहरूको स्थापना भई कार्यसम्पादन हुँदै आएको छ । नेपाल सरकार वादी हुने फौजदारी तथा देवानी मुद्दाहरू चलाउने नचलाउने सम्बन्धी निर्णय गर्ने, सम्वन्धित अड्डा अदालतमा मुद्दा दायर गर्ने, नेपाल सरकार वादी भइ चल्ने मुद्दामा नेपाल सरकारको तर्फवाट प्रतिरक्षा गर्नेजिल्ला स्थित संघीय सरकार अन्तर्गतका सरकारी कार्यालयहरूलाई कानुनी राय प्रदान गर्नेजिल्ला अदालतमा पुनरावेदन लाग्ने नेपाल सरकार वादी हुने मुद्दामा पुनरावेदन सम्वन्धी कार्य गर्ने आदि कार्यहरू जिल्ला सरकारी वकील कार्यालयमा कार्यरत जिल्ला न्यायाधिवक्ता तथा सहायक जिल्ला न्यायाधिवक्ताहरूवाट हुदै आएको छ।

     महान्यायाधिवक्ताको कार्यालय अन्तर्गत रहने यस कार्यालय प्रदेश नं. 5 अन्तर्गत जिल्ला बाँके नेपालगन्ज उप-महानगरपालिका वडा नं. १३ अवस्थित छ । यस कार्यालयमा नेपाल न्याय सेवा सरकारी वकील समूहका राजपत्रांकित द्वितीय श्रेणीका जिल्ला न्यायाधिवक्ताले कार्यालयको प्रमुखको रुपमा कार्य गर्दछन् । यस कार्यालयमा राजपत्रांकित द्धितीय श्रेणीका 1 जना जिल्ला न्यायाधिवक्ता, राजपत्रांकित तृतीय श्रेणीका 3 जना सहायक जिल्ला न्यायधिवक्ता, रा.प.अनं. प्रथम श्रेणीका नायब सुब्बा 3 जना, रा.अनं. प्रथम श्रेणीका कम्प्युटर अपरेट 1 जना, रा.प.अनं. द्वितीय श्रेणीका खरिदार 2 जना, रा.प.अनं. द्वितीय श्रेणीका सहायक कम्प्युटर अपरेटर 1 जना, हलुका सवारी चालक 1 जना र कार्यालय सहयोगी 4 जनाको गरी जम्मा 16 जनाको दरबन्दी रहेको छ । 


Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit. Nihil odit magnam minima, soluta doloribus reiciendis molestiae placeat unde eos molestias. Quisquam aperiam, pariatur. Tempora, placeat ratione porro voluptate odit minima.

जिल्ला न्यायाधिवक्ता

श्री विष्णु प्रसाद पौडेल

सहायक जिल्ला न्यायाधिवक्ता

श्री शंकर वि.क.

सहायक जिल्ला न्यायाधिवक्ता

श्री धर्मराज न्यौपाने

सहायक जिल्ला न्यायाधिवक्ता

श्री भानु चौधरी

सहायक जिल्ला न्यायाधिवक्ता

सुनमाया मल्ल