समन्वय समितिको बैठक सम्पन्न

samachar

2080-3-27

नेपाल सरकार वादी हुने कसूर सम्बन्धी मुद्दाको अनुसन्धान र अभियोजनसँग संलग्न निकायहरुका बीचमा आवश्यकता अनुसार समन्वय कायम गर्न जिल्ला सरकारी वकील कार्यालय, लमजुङमा जिल्ला सरकारी वकील कार्यालयको प्रमुखको संयोजकत्वमा गठित समन्वय समितिको बैठक मिति २०८०।२।२५ गते समितिका संयोजक जिल्ला सरकारी वकील कार्यालय, लमजुङका जिल्ला न्यायाधिवक्ता श्री पूर्णबहादुर थापामगरको संयोजकत्वमा सम्पन्न भयो । उक्त बैठकमा प्रमुख जिल्ला अधिकारी श्री रामकृष्ण अधिकारी, डिभिजन वन कार्यालयका प्रमुख डिभिजनल वन अधिकृत श्री पूर्णेश्वर सुवेदी, जिल्ला प्रहरी कार्यालय लमजुङका कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक श्री प्रकाश श्रीमल र समितिका सदस्य सचिव सहायक जिल्ला न्यायाधिवक्ता श्री राजकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । उक्त बैठकले फौजदारी न्याय प्रशासनसँग सम्बन्धित नयाँ कानूनी व्यवस्थाको बारेमा सूचना तथा जानकारी प्रवाह गर्ने, महान्यायाधिवक्ताको कार्यालयबाट समय समयमा प्राप्त निर्देशन कार्यान्वयन गर्ने, कसूरजन्य सम्पत्ति तथा साधन (रोक्का तथा जफत) ऐन, २०७० र नियमावली २०७७ को कार्यान्वयन गर्ने लगायत विविध विषयमा छलफल गरी निर्णय गरेको थियो । 


संलग्न जोडिएका विवरणहरु

जिल्ला सरकारी वकील कार्यालय, लमजुङको बैठकहलमा मिति २०८०।३।२० मा जिल्ला सरकारी वकील कार्यालयका जिल्ला न्यायाधिवक्ता श्री पूर्णबहादुर थापामगरको संयोजकत्वमा समन्यव समितिको बैठक सम्पन्न भएको download
समाचार

मिति २०८१।०३।१० गतेका दिन जिल्ला न्यायाधिवक्ता श्री पूर्णबहादुर थापामगरको संयोजकत्वमा अनुसन्धान अधिकारी र सरकारी वकील बीचको समिक्षा बैठकमा भएको निर्णयहरु


मिति २०८१।०२।१४ गतेका दिन जिल्ला न्यायाधिवक्ता श्री पूर्णबहादुर थापामगरको संयोजकत्वमा अनुसन्धान अधिकारी र सरकारी वकील बीचको समिक्षा बैठकमा भएको निर्णयहरु


मिति २०८१।०२।२७ गते आईतवारको दिन जिल्ला न्यायाधिवक्ता श्री पूर्णबहादुर थापामगरको अध्यक्षतामा समन्वय समितिको बैठक सम्पन्न भएको छ ।


मिति २०८१।०१।२० गते विहिवार दिन जिल्ला न्यायाधिवक्ता श्री पूर्णबहादुर थापामगरको अध्यक्षतामा जिल्ला समन्यव समितिको बैठक सम्पन्न भएको छ।


मिति २०८१।०१।१४ गतेका दिन अनुसन्धान अधिकारी र सरकारी वकील बीचको समिक्षा बैठकमा भएको निर्णयहरु


मिति २०८०।११।१५ गतेका दिन अनुसन्धान अधिकारी र सरकारी वकील बीचको समिक्षा बैठकमा भएको निर्णयहरु


मिति २०८०।९।१५ गतेका दिन अनुसन्धान अधिकारी र सरकारी वकील बीचको समिक्षा बैठकमा भएको निर्णयहरु


मिति २०८०।७।१५ गतेका दिन अनुसन्धान अधिकारी र सरकारी वकील बीचको समिक्षा बैठकमा भएको निर्णयहरु


मिति २०८०।६।१९ गतेका दिन अनुसन्धान अधिकारी र सरकारी वकील बीचको समिक्षा बैठकमा भएको निर्णयहरु


मिति २०८०।५।१५ गतेका दिन अनुसन्धान अधिकारी र सरकारी वकील बीचको समिक्षा बैठकमा भएको निर्णयहरु