2078-4-29
मिति २०७८।०४।२२ गते अष्ट्रेलिया साझेदारी संस्थाको महिला आवाज कार्यक्रम अन्तर्गत जिल्ला सरकारी वकील कार्यालयको समेत सहभागितामा यौनजन्य हिंसाका कसूर, लैङ्गिक बिभेद सम्बन्धी कानूनी व्यवस्था र सोको कार्यान्वयन र स्थानिय स्तरमा देखा परेका समस्याहरुका सम्बन्धमा सिमकोट गाउँपालिकामा रहेका अगुवा महिलाहरुसंग एकदिवसिय अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरीयो । त्यस कार्याक्रममा सो सम्बन्धमा कानूनी व्यवस्थाको बारेमा प्रशिक्षण दिनु भएको थियो भने अष्ट्रेलियन साझेदारी संस्थाका संयोजक छेपाल लामाले उक्त कार्यक्रमको सहजीकरण गर्नु भएको थियो । उक्त कार्यक्रममा २५ जना महिलाहरुको सहभागीता थियो ।
वडा दशै २०७७ कर्मचारी तोकिएको
Outreach Program अन्तर्गत मिति २०७७।०६।०९ गते जिल्ला हुम्लाका महिला समुह तथा अामा समुह बीच कार्यक्रम गरिएको
Outreach Program अन्तर्गत मिति २०७७।०६।११ गते जिल्ला हुम्लाका समुदायका अगुवा बीच कार्यक्रम गरिएको
कर्मचारी तोकिएको
जिल्ला न्यायाधिवक्ता संयोजक रहेको जिल्ला समन्वय समिती हुम्लाको बैठक मिति २०७६।११।१९ गते सोमवार दिनको १३.०० हुने व्यहोरा जानकारीको लागी अनुरोध छ ।
मिति २०८१।१२।१७ गतेका दिन सिमकोट गाउँपालिका वडा नं. ५ र ६ का समुदायका महिला सदस्यहरुसंग समुदायमा सरकारी वकील कार्याक्रम संचालन गरियो ।
मिति २०८१।१२।१५ गतेका दिन यस जिल्ला सरकारी वकील कार्यालयको समन्वय समितिको बैठक बसी अपराध पीडित र साक्षीहरुको संरक्षण, अपराध पीडितलाई मनोसामाजिक परामर्श, फैसला कार्यन्वयमा सहजीकरण, मेडिको लिगल, कानूनी सचेनात्मक कार्यक्रमहरु लगायतका विषयहरुमा छलफल गरियो ।
मिति २०८१।१०।२७ गतेका दिन सामुदायिक रेडियो कर्णाली महिला आवाज कार्याक्रम “लैंगिक हिंसा न्यूनिकरण” विषयको छलफल कार्यक्रममा सहयक जिल्ला न्यायाधिवक्ता शिलुका लिंथेप सहभागी हुनु भयो ।
मिति २०८१।०८।०३ गतेका दिन श्री कैलाश माध्यमिक विद्यालय सिमकोट गाउँपालिका वडा नं ७ डाँडाफयामा र मिति २०८१।०८।०४ गतेका दिन श्री कर्णाली आधारभूत माध्यमिक विद्यालय सिमकोट गाउँपालिका वडा नं ७ चौगानफयामा समुदायमा सरकारी वकील कार्यक्रम संचालन गरियो ।
मिति २०८१/०५/२३ गते सामुदायक रेडीयो कर्णाली आवाज ९४.२ मेगहर्ज रेडियो कार्यक्रम महिला आवजमा साईबर अपराध सम्बन्धी विषयमा बोल्नु हुँदै हुम्ला जिल्लाको सरकारी वकील श्री शिलुका लिंथेप ज्यू ।
यस जिल्ला सरकारी वकील कार्यालय हुम्लाको कार्यालयमा मिति २०८१।०२।३२ गते कार्यालय प्रमूख सहायक जिल्ला न्यायाधिवक्ता श्री शिलुका लिंथेपको संयोजकत्वमा जिल्ला समन्वय समितिको बैठक बसी बैकिङ कसूर मुद्दाको अनुसन्धान, अपराध पीडितलाई अल्पकालिन आवासको लागि समन्वय तथा पीडित मैत्री कक्षको बारेमा समेत छलफल गरियो ।
यस जिल्ला सरकारी वकील कार्यालय हुम्लाको कार्यालयमा मिति २०८१।०२।३२ गते कार्यालय प्रमूख सहायक जिल्ला न्यायाधिवक्ता श्री शिलुका लिंथेपको संयोजकत्वमा जिल्ला समन्वय समितिको बैठक बसियो ।
• मिति २०८१ साल जेठ महिनामा हुम्ला जिल्ला अदानचुली गाउँपालिकाका जनप्रतिनिधि, समुदायका सदस्यहरु र शिक्षक तथा विद्यार्थीहरुसंग अन्तरक्रिया कार्यक्रम गरी यस आर्थिक २०८०/८१ को पाँचौ समुदायमा सरकारी वकील कार्यक्रम संचालन गरियो ।
• मिति २०८१ साल बैशाख महिनामा हुम्ला जिल्ला ताँजाकोट गाउँपालिकाका जनप्रतिनिधि, समुदायका सदस्यहरु र शिक्षक तथा विद्यार्थीहरुसंग अन्तरक्रिया कार्यक्रम गरी यस आर्थिक ८०/८१ को चौथो समुदायमा सरकारी वकील कार्यक्रम संचालन गरियो ।
• मिति २०८० साल फल्गुण महिनामा हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिका स्थित श्री सिता माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरुसंग अन्तरक्रिया कार्यक्रम गरी यस आर्थिक ८०/८१ को तेस्रो समुदायमा सरकारी वकील कार्यक्रम संचालन गरियो ।