2078-3-15
समुदायमा सरकारी वकील र समुदाय-प्रहरी साझेदारी ।
हुम्ला, मितिः२०७८।०३।१२ गते कोभिड-१९ महामारीको अवस्थामा नेपाल सरकारले निर्धारण गरेका स्वास्थ्य मापदण्डको पालन गर्दै जिल्ला सरकारी वकील कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयोजनमा "समुदायमा सरकारी वकील र समुदाय-प्रहरी साझेदारी कार्यक्रम" संचालन गरीयो । उक्त कार्यक्रममा सिमिकोट गाउँपालिका अन्तर्गतका विद्यालयका प्रधानाध्यापक, धामी, डाङ्ग्री, पुजारी, गाउँपालिकाका न्यायिक समितिका संयोजक (उपाध्यक्ष), सरोकारवाला निकायका पदाधिकारी र मुद्दा फाँटसँग सम्बन्धीत कर्मचारीहरु को समेत सहभागीता थियो । उक्त कार्यक्रममा महान्यायाधिवक्ताको कार्यालयको संक्षीप्त परीचय, सरकारी वकीलको काम, कर्तव्य र दायित्वका सम्बन्धमा जिल्ला न्यायाधिवक्ता केशवप्रसाद पन्तले संक्षिप्त रुपमा प्रकाश पार्दै कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । समूदायको अपराध अनुसन्धानमा भूमिका र प्रहरीको अपेक्षा का सम्बन्धमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक हेरम्बर शर्माले आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभयो भने समूदायको न्याय सम्पादनमा खेल्नुपर्ने भुमीका तथा अदालतले सरोकारवाला सँग राखेको अपेक्षाका सम्बन्धमा माननिय जिल्ला न्यायाधीस जगत बहादुर पौडेल ज्यूले आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यक्रममा प्रस्तुत भएका कार्यपत्रहरु माथी प्रमुख जिल्ला अधिकारी श्री गणेश आचार्य ज्यूले टिप्पणी गर्नु भएको थियो भने सहभागीहरुबाट न्यायीक सम्पादनमा भएका विषय तथा न्यायीक सम्पादनमा भएका समस्याहरुका बारेमा जिज्ञासा राखेका थिए । उक्त जिज्ञासाहरुको सरोकारवाला निकायका प्रमुखहरुबाट जवाफ दिदै न्याय सम्पादनमा सुगनता ल्याउने बारे प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।
वडा दशै २०७७ कर्मचारी तोकिएको
Outreach Program अन्तर्गत मिति २०७७।०६।०९ गते जिल्ला हुम्लाका महिला समुह तथा अामा समुह बीच कार्यक्रम गरिएको
Outreach Program अन्तर्गत मिति २०७७।०६।११ गते जिल्ला हुम्लाका समुदायका अगुवा बीच कार्यक्रम गरिएको
कर्मचारी तोकिएको
जिल्ला न्यायाधिवक्ता संयोजक रहेको जिल्ला समन्वय समिती हुम्लाको बैठक मिति २०७६।११।१९ गते सोमवार दिनको १३.०० हुने व्यहोरा जानकारीको लागी अनुरोध छ ।
मिति २०८१/०५/२३ गते सामुदायक रेडीयो कर्णाली आवाज ९४.२ मेगहर्ज रेडियो कार्यक्रम महिला आवजमा साईबर अपराध सम्बन्धी विषयमा बोल्नु हुँदै हुम्ला जिल्लाको सरकारी वकील श्री शिलुका लिंथेप ज्यू ।
यस जिल्ला सरकारी वकील कार्यालय हुम्लाको कार्यालयमा मिति २०८१।०२।३२ गते कार्यालय प्रमूख सहायक जिल्ला न्यायाधिवक्ता श्री शिलुका लिंथेपको संयोजकत्वमा जिल्ला समन्वय समितिको बैठक बसी बैकिङ कसूर मुद्दाको अनुसन्धान, अपराध पीडितलाई अल्पकालिन आवासको लागि समन्वय तथा पीडित मैत्री कक्षको बारेमा समेत छलफल गरियो ।
यस जिल्ला सरकारी वकील कार्यालय हुम्लाको कार्यालयमा मिति २०८१।०२।३२ गते कार्यालय प्रमूख सहायक जिल्ला न्यायाधिवक्ता श्री शिलुका लिंथेपको संयोजकत्वमा जिल्ला समन्वय समितिको बैठक बसियो ।
• मिति २०८१ साल जेठ महिनामा हुम्ला जिल्ला अदानचुली गाउँपालिकाका जनप्रतिनिधि, समुदायका सदस्यहरु र शिक्षक तथा विद्यार्थीहरुसंग अन्तरक्रिया कार्यक्रम गरी यस आर्थिक २०८०/८१ को पाँचौ समुदायमा सरकारी वकील कार्यक्रम संचालन गरियो ।
• मिति २०८१ साल बैशाख महिनामा हुम्ला जिल्ला ताँजाकोट गाउँपालिकाका जनप्रतिनिधि, समुदायका सदस्यहरु र शिक्षक तथा विद्यार्थीहरुसंग अन्तरक्रिया कार्यक्रम गरी यस आर्थिक ८०/८१ को चौथो समुदायमा सरकारी वकील कार्यक्रम संचालन गरियो ।
• मिति २०८० साल फल्गुण महिनामा हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिका स्थित श्री सिता माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरुसंग अन्तरक्रिया कार्यक्रम गरी यस आर्थिक ८०/८१ को तेस्रो समुदायमा सरकारी वकील कार्यक्रम संचालन गरियो ।
• मिति २०८० साल फल्गुण महिनामा हुम्ला जिल्ला सर्केगाड गाउँपालिका स्थित श्री हिमज्योती माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरुसंग अन्तरक्रिया कार्यक्रम गरी यस आर्थिक २०८०/८१ को दोस्रो समुदायमा सरकारी वकील कार्यक्रम संचालन गरियो ।
• मिति २०८० साल फल्गुण महिनामा हुम्ला जिल्ला चंलेखी गाउँपालिका स्थित श्री महादेव माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरुसंग अन्तरक्रिया कार्यक्रम गरी यस आर्थिक ८०/८१ को पहिलो समुदायमा सरकारी वकील कार्यक्रम संचालन गरियो ।
• नायब महान्यायाधिवक्ता डा. टेक बहादुर घिमिरे र जिल्ला सरकारी वकील कार्यालय हुम्लाका सरकारी वकील शिलुका लिंथेपले सदर मुकाम सिमकोट स्थित श्री मानसरोवर नमुना माध्यामिक बिद्यालयमा समुदायमा सरकारी वकील कार्यक्रम संचालन गर्नु भयो ।
रेडियो कर्णाली आवाज सिमकोट हुम्लाको रेडियो कार्यक्रममा यौन हिंसाका मुद्दाहरुको कानूनी कारवाहीको सम्बन्धमा सहायक जिल्ला न्यायाधिवक्ता शिलुका लिंथेपले अन्तर्वार्ता दिनु भयो ।