मिति २०७८ असार १२ गते शनिवारको दिन जिल्ला अदालतको सभाहलमा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न

samachar

2078-3-15

समुदायमा सरकारी वकील र समुदाय-प्रहरी साझेदारी ।

         हुम्ला, मितिः२०७८।०३।१२ गते कोभिड-१९ महामारीको अवस्थामा नेपाल सरकारले निर्धारण गरेका स्वास्थ्य मापदण्डको पालन गर्दै जिल्ला सरकारी वकील कार्यालय र  जिल्ला प्रहरी कार्यालयको संयोजनमा "समुदायमा सरकारी वकील र समुदाय-प्रहरी साझेदारी कार्यक्रम" संचालन गरीयो । उक्त कार्यक्रममा सिमिकोट गाउँपालिका अन्तर्गतका विद्यालयका प्रधानाध्यापक, धामी, डाङ्ग्री, पुजारी, गाउँपालिकाका न्यायिक समितिका संयोजक (उपाध्यक्ष), सरोकारवाला निकायका पदाधिकारी र मुद्दा फाँटसँग सम्बन्धीत कर्मचारीहरु को समेत सहभागीता थियो । उक्त कार्यक्रममा महान्यायाधिवक्ताको कार्यालयको संक्षीप्त परीचय, सरकारी वकीलको काम, कर्तव्य र दायित्वका सम्बन्धमा जिल्ला न्यायाधिवक्ता केशवप्रसाद पन्तले संक्षिप्त रुपमा प्रकाश पार्दै कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । समूदायको अपराध अनुसन्धानमा भूमिका र प्रहरीको अपेक्षा का सम्बन्धमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक हेरम्बर शर्माले आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभयो भने समूदायको न्याय सम्पादनमा खेल्नुपर्ने भुमीका तथा अदालतले सरोकारवाला सँग राखेको अपेक्षाका सम्बन्धमा माननिय जिल्ला न्यायाधीस जगत बहादुर पौडेल ज्यूले आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यक्रममा प्रस्तुत भएका कार्यपत्रहरु माथी प्रमुख जिल्ला अधिकारी श्री गणेश आचार्य ज्यूले टिप्पणी गर्नु भएको थियो भने सहभागीहरुबाट न्यायीक सम्पादनमा भएका विषय तथा न्यायीक सम्पादनमा भएका समस्याहरुका बारेमा जिज्ञासा राखेका थिए । उक्त जिज्ञासाहरुको सरोकारवाला निकायका प्रमुखहरुबाट जवाफ दिदै न्याय सम्पादनमा सुगनता ल्याउने बारे प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार

मिति २०८१।१२।१७ गतेका दिन सिमकोट गाउँपालिका वडा नं. ५ र ६ का समुदायका महिला सदस्यहरुसंग समुदायमा सरकारी वकील कार्याक्रम संचालन गरियो ।


मिति २०८१।१२।१५ गतेका दिन यस जिल्ला सरकारी वकील कार्यालयको समन्वय समितिको बैठक बसी अपराध पीडित र साक्षीहरुको संरक्षण, अपराध पीडितलाई मनोसामाजिक परामर्श, फैसला कार्यन्वयमा सहजीकरण, मेडिको लिगल, कानूनी सचेनात्मक कार्यक्रमहरु लगायतका विषयहरुमा छलफल गरियो ।


मिति २०८१।१०।२७ गतेका दिन सामुदायिक रेडियो कर्णाली महिला आवाज कार्याक्रम “लैंगिक हिंसा न्यूनिकरण” विषयको छलफल कार्यक्रममा सहयक जिल्ला न्यायाधिवक्ता शिलुका लिंथेप सहभागी हुनु भयो ।


मिति २०८१।०८।०३ गतेका दिन श्री कैलाश माध्यमिक विद्यालय सिमकोट गाउँपालिका वडा नं ७ डाँडाफयामा र मिति २०८१।०८।०४ गतेका दिन श्री कर्णाली आधारभूत माध्यमिक विद्यालय सिमकोट गाउँपालिका वडा नं ७ चौगानफयामा समुदायमा सरकारी वकील कार्यक्रम संचालन गरियो ।


मिति २०८१/०५/२३ गते सामुदायक रेडीयो कर्णाली आवाज ९४.२ मेगहर्ज रेडियो कार्यक्रम महिला आवजमा साईबर अपराध सम्बन्धी विषयमा बोल्नु हुँदै हुम्ला जिल्लाको सरकारी वकील श्री शिलुका लिंथेप ज्यू ।


यस जिल्ला सरकारी वकील कार्यालय हुम्लाको कार्यालयमा मिति २०८१।०२।३२ गते कार्यालय प्रमूख सहायक जिल्ला न्यायाधिवक्ता श्री शिलुका लिंथेपको संयोजकत्वमा जिल्ला समन्वय समितिको बैठक बसी बैकिङ कसूर मुद्दाको अनुसन्धान, अपराध पीडितलाई अल्पकालिन आवासको लागि समन्वय तथा पीडित मैत्री कक्षको बारेमा समेत छलफल गरियो ।


यस जिल्ला सरकारी वकील कार्यालय हुम्लाको कार्यालयमा मिति २०८१।०२।३२ गते कार्यालय प्रमूख सहायक जिल्ला न्यायाधिवक्ता श्री शिलुका लिंथेपको संयोजकत्वमा जिल्ला समन्वय समितिको बैठक बसियो ।


• मिति २०८१ साल जेठ महिनामा हुम्ला जिल्ला अदानचुली गाउँपालिकाका जनप्रतिनिधि, समुदायका सदस्यहरु र शिक्षक तथा विद्यार्थीहरुसंग अन्तरक्रिया कार्यक्रम गरी यस आर्थिक २०८०/८१ को पाँचौ समुदायमा सरकारी वकील कार्यक्रम संचालन गरियो ।


• मिति २०८१ साल बैशाख महिनामा हुम्ला जिल्ला ताँजाकोट गाउँपालिकाका जनप्रतिनिधि, समुदायका सदस्यहरु र शिक्षक तथा विद्यार्थीहरुसंग अन्तरक्रिया कार्यक्रम गरी यस आर्थिक ८०/८१ को चौथो समुदायमा सरकारी वकील कार्यक्रम संचालन गरियो ।


• मिति २०८० साल फल्गुण महिनामा हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिका स्थित श्री सिता माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरुसंग अन्तरक्रिया कार्यक्रम गरी यस आर्थिक ८०/८१ को तेस्रो समुदायमा सरकारी वकील कार्यक्रम संचालन गरियो ।