मिति २०७८ ।०३। ०९ गते जिल्ला न्यायाधिवक्ता श्री केशवप्रसाद पन्तको संयोजकत्वमा जिल्ला समन्वय समितिको बैठक सम्पन्न भयो ।

samachar

2078-3-9

          हुम्ला, २०७८।०३।०९ गते । कोभिड-१९ महामारीको अवस्थामा नेपाल सरकारले निर्धारण गरेका स्वास्थ्य मापदण्डको पालन गर्दै जिल्ला न्यायाधिवक्ताको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय, हुम्लामा जिल्ला समन्वय समितिको बैठक बसियो । उक्त बैठकमा माननीय जिल्ला न्यायाधीश श्री जगतबहादुर पौडेल, प्रमुख जिल्ला अधिकारी श्री गणेश आचार्य, प्रहरी नायव उपरीक्षक श्री हेरम्ब शर्मा, श्रेष्तेदार श्री कमलकुमार आचार्य, मेडिकल अधिकृत श्री टसी लामा, अनुसन्धान अधिकृत श्री दामु पुन र बार अध्यक्ष श्री मंगल शाहीको उपस्थिति थियो ।

         उक्त बैठकमा मुद्दाको अनुसन्धान, अभियोजनका सम्बन्धमा व्यापक रुपमा छलफल गर्दै अनुसन्धान र अभियोजनलार्इ वस्तुनिष्ट बनाउने, विगतको काम कारबाही, मिटीङले गरेका निर्णयहरुको कार्यान्वयन विषयमा छलफल गरी आगामी वर्षमा समेत उल्लेखित कार्यहरुलार्इ प्रभावकारी रुपमा कार्यान्वयन गर्ने / गराउने, समुदायमा सरकारी वकील, हेलो साक्षी कार्यक्रम र न्यायिक जनचेतनाका कार्यक्रमहरुलार्इ प्रभावकारी रुपमा कार्यान्वयन गर्न समन्वय गरी सो मा प्रभावकारीता ल्याउने निर्णय गरीयो ।


संलग्न जोडिएका विवरणहरु

यस आर्थिक वर्ष ०७७।०७८ को अन्तिम समन्वय समितिको बैठक जिल्ला न्यायाधिवक्ता श्री केशवप्रसाद पन्तको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय, हुम्लामा सम्पन्न गरीयो । download
समाचार

मिति २०८१।१२।१७ गतेका दिन सिमकोट गाउँपालिका वडा नं. ५ र ६ का समुदायका महिला सदस्यहरुसंग समुदायमा सरकारी वकील कार्याक्रम संचालन गरियो ।


मिति २०८१।१२।१५ गतेका दिन यस जिल्ला सरकारी वकील कार्यालयको समन्वय समितिको बैठक बसी अपराध पीडित र साक्षीहरुको संरक्षण, अपराध पीडितलाई मनोसामाजिक परामर्श, फैसला कार्यन्वयमा सहजीकरण, मेडिको लिगल, कानूनी सचेनात्मक कार्यक्रमहरु लगायतका विषयहरुमा छलफल गरियो ।


मिति २०८१।१०।२७ गतेका दिन सामुदायिक रेडियो कर्णाली महिला आवाज कार्याक्रम “लैंगिक हिंसा न्यूनिकरण” विषयको छलफल कार्यक्रममा सहयक जिल्ला न्यायाधिवक्ता शिलुका लिंथेप सहभागी हुनु भयो ।


मिति २०८१।०८।०३ गतेका दिन श्री कैलाश माध्यमिक विद्यालय सिमकोट गाउँपालिका वडा नं ७ डाँडाफयामा र मिति २०८१।०८।०४ गतेका दिन श्री कर्णाली आधारभूत माध्यमिक विद्यालय सिमकोट गाउँपालिका वडा नं ७ चौगानफयामा समुदायमा सरकारी वकील कार्यक्रम संचालन गरियो ।


मिति २०८१/०५/२३ गते सामुदायक रेडीयो कर्णाली आवाज ९४.२ मेगहर्ज रेडियो कार्यक्रम महिला आवजमा साईबर अपराध सम्बन्धी विषयमा बोल्नु हुँदै हुम्ला जिल्लाको सरकारी वकील श्री शिलुका लिंथेप ज्यू ।


यस जिल्ला सरकारी वकील कार्यालय हुम्लाको कार्यालयमा मिति २०८१।०२।३२ गते कार्यालय प्रमूख सहायक जिल्ला न्यायाधिवक्ता श्री शिलुका लिंथेपको संयोजकत्वमा जिल्ला समन्वय समितिको बैठक बसी बैकिङ कसूर मुद्दाको अनुसन्धान, अपराध पीडितलाई अल्पकालिन आवासको लागि समन्वय तथा पीडित मैत्री कक्षको बारेमा समेत छलफल गरियो ।


यस जिल्ला सरकारी वकील कार्यालय हुम्लाको कार्यालयमा मिति २०८१।०२।३२ गते कार्यालय प्रमूख सहायक जिल्ला न्यायाधिवक्ता श्री शिलुका लिंथेपको संयोजकत्वमा जिल्ला समन्वय समितिको बैठक बसियो ।


• मिति २०८१ साल जेठ महिनामा हुम्ला जिल्ला अदानचुली गाउँपालिकाका जनप्रतिनिधि, समुदायका सदस्यहरु र शिक्षक तथा विद्यार्थीहरुसंग अन्तरक्रिया कार्यक्रम गरी यस आर्थिक २०८०/८१ को पाँचौ समुदायमा सरकारी वकील कार्यक्रम संचालन गरियो ।


• मिति २०८१ साल बैशाख महिनामा हुम्ला जिल्ला ताँजाकोट गाउँपालिकाका जनप्रतिनिधि, समुदायका सदस्यहरु र शिक्षक तथा विद्यार्थीहरुसंग अन्तरक्रिया कार्यक्रम गरी यस आर्थिक ८०/८१ को चौथो समुदायमा सरकारी वकील कार्यक्रम संचालन गरियो ।


• मिति २०८० साल फल्गुण महिनामा हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिका स्थित श्री सिता माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरुसंग अन्तरक्रिया कार्यक्रम गरी यस आर्थिक ८०/८१ को तेस्रो समुदायमा सरकारी वकील कार्यक्रम संचालन गरियो ।