मिति २०७८ ।०२। १७ गते जिल्ला न्यायाधिवक्ता श्री केशवप्रसाद पन्तको संयोजकत्वमा जिल्ला समन्वय समितिको बैठक सम्पन्न भयो ।

samachar

2078-2-17

          हुम्ला, मिति २०७८।०२।१७ गते ।    कोभिड-१९ महामारीको अवस्थामा नेपाल सरकारले निर्धारण गरेका स्वास्थ्य मापदण्डको पालन गर्दै जिल्ला न्यायाधिवक्ताको संयोजकत्वमा जिल्ला सरकारी वकील कार्यालय, हुम्लामा जिल्ला समन्वय समितिको बैठक बसियो । उक्त बैठकमा प्रमुख जिल्ला अधिकारी श्री गणेश आचार्य, प्रहरी नायव उपरीक्षक श्री हेरम्ब शर्मा, श्रेष्तेदार श्री कमलकुमार आचार्य र बार अध्यक्ष श्री मंगल शाहीको उपस्थिति थियो ।

         उक्त बैठकमा मुद्दाको अनुसन्धान, अभियोजन र मुद्दा फर्छौटमा व्यापक रुपमा छलफल गर्दै पुर्याउनुपर्ने सहयोग, बालबालिका संलग्न भएका मुद्दामा अनुसन्धान, अभियोजन, मुद्दाको म्याद तामेली समेतका विषयहरुमा छलफल गरी उल्लेखित विषयहरुको प्रभावकारी कार्यान्वयन गर्ने / गराउने तथा सरोकारवालाहरु सँग विभिन्न अन्तरक्रिया लगाएतका कार्यहरु नियमित रुपमा सन्चालन गर्ने समेतको निर्णय गरीयो ।

         


संलग्न जोडिएका विवरणहरु

कोभिड-१९ महामारीको अवस्थामा नेपाल सरकारले निर्धारण गरेका स्वास्थ्य मापदण्डको पालन गर्दै जिल्ला न्यायाधिवक्ताको संयोजकत्वमा जिल्ला सरकारी वकील कार्यालय, हुम्लामा जिल्ला समन्वय समितिको बैठक सम्पन्न download
समाचार

मिति २०८१।१२।१७ गतेका दिन सिमकोट गाउँपालिका वडा नं. ५ र ६ का समुदायका महिला सदस्यहरुसंग समुदायमा सरकारी वकील कार्याक्रम संचालन गरियो ।


मिति २०८१।१२।१५ गतेका दिन यस जिल्ला सरकारी वकील कार्यालयको समन्वय समितिको बैठक बसी अपराध पीडित र साक्षीहरुको संरक्षण, अपराध पीडितलाई मनोसामाजिक परामर्श, फैसला कार्यन्वयमा सहजीकरण, मेडिको लिगल, कानूनी सचेनात्मक कार्यक्रमहरु लगायतका विषयहरुमा छलफल गरियो ।


मिति २०८१।१०।२७ गतेका दिन सामुदायिक रेडियो कर्णाली महिला आवाज कार्याक्रम “लैंगिक हिंसा न्यूनिकरण” विषयको छलफल कार्यक्रममा सहयक जिल्ला न्यायाधिवक्ता शिलुका लिंथेप सहभागी हुनु भयो ।


मिति २०८१।०८।०३ गतेका दिन श्री कैलाश माध्यमिक विद्यालय सिमकोट गाउँपालिका वडा नं ७ डाँडाफयामा र मिति २०८१।०८।०४ गतेका दिन श्री कर्णाली आधारभूत माध्यमिक विद्यालय सिमकोट गाउँपालिका वडा नं ७ चौगानफयामा समुदायमा सरकारी वकील कार्यक्रम संचालन गरियो ।


मिति २०८१/०५/२३ गते सामुदायक रेडीयो कर्णाली आवाज ९४.२ मेगहर्ज रेडियो कार्यक्रम महिला आवजमा साईबर अपराध सम्बन्धी विषयमा बोल्नु हुँदै हुम्ला जिल्लाको सरकारी वकील श्री शिलुका लिंथेप ज्यू ।


यस जिल्ला सरकारी वकील कार्यालय हुम्लाको कार्यालयमा मिति २०८१।०२।३२ गते कार्यालय प्रमूख सहायक जिल्ला न्यायाधिवक्ता श्री शिलुका लिंथेपको संयोजकत्वमा जिल्ला समन्वय समितिको बैठक बसी बैकिङ कसूर मुद्दाको अनुसन्धान, अपराध पीडितलाई अल्पकालिन आवासको लागि समन्वय तथा पीडित मैत्री कक्षको बारेमा समेत छलफल गरियो ।


यस जिल्ला सरकारी वकील कार्यालय हुम्लाको कार्यालयमा मिति २०८१।०२।३२ गते कार्यालय प्रमूख सहायक जिल्ला न्यायाधिवक्ता श्री शिलुका लिंथेपको संयोजकत्वमा जिल्ला समन्वय समितिको बैठक बसियो ।


• मिति २०८१ साल जेठ महिनामा हुम्ला जिल्ला अदानचुली गाउँपालिकाका जनप्रतिनिधि, समुदायका सदस्यहरु र शिक्षक तथा विद्यार्थीहरुसंग अन्तरक्रिया कार्यक्रम गरी यस आर्थिक २०८०/८१ को पाँचौ समुदायमा सरकारी वकील कार्यक्रम संचालन गरियो ।


• मिति २०८१ साल बैशाख महिनामा हुम्ला जिल्ला ताँजाकोट गाउँपालिकाका जनप्रतिनिधि, समुदायका सदस्यहरु र शिक्षक तथा विद्यार्थीहरुसंग अन्तरक्रिया कार्यक्रम गरी यस आर्थिक ८०/८१ को चौथो समुदायमा सरकारी वकील कार्यक्रम संचालन गरियो ।


• मिति २०८० साल फल्गुण महिनामा हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिका स्थित श्री सिता माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरुसंग अन्तरक्रिया कार्यक्रम गरी यस आर्थिक ८०/८१ को तेस्रो समुदायमा सरकारी वकील कार्यक्रम संचालन गरियो ।