2077-2-21
आज मिति २०७७/०२/१९ गते जिल्ला सरकारी वकील कार्यालय ओखलढुगांका निमित्त जिल्ला न्यायाधिक्ता श्री लेखनाथ ढकाल ज्यू को संयोजकत्वमा जिल्ला समन्वय समितिको बैठक सम्पन्न भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी श्री तुलसी भट्टराई, प्रहरी नायव उपरिक्षक श्री रुपेश खडका, वन अधिकृत श्री भरतबाबु श्रेष्ठ, नि.सह न्यायाधिवक्ता श्री केशवप्रसाद पन्त र नि.श्रेस्तेदार श्री सरिता रिजालको उपस्थितिमा निम्न प्रस्तावहरुमा छलफल गरिएको थियो।
प्रस्ताव-१ पक्राउ परेका व्यक्तिहरुको कोभिड-१९ परिक्षण सम्बन्धमा छलफल
प्रस्ताव-२ शंकित व्यक्तिहरुलाई तारेखमा राखि अनुसन्धान गर्ने विषयमा छलफल
प्रस्ताव-३ फौजदारी कार्यविधी संहिता अनुसुचि १८ (२) अन्तर्गतका मुद्दाहरुमा छलफल
उल्लेखित प्रस्तावहरु उपर छलफल गर्दा निम्नानुसारको निर्णय गरियो।
निर्णय-१ कोरोना भाईरसको माहामारीको जोखिमलाई न्यूनिकरण गर्न पक्राउ परेका व्यक्तिहरुको म्याद थप लगायतको काम कारवाही अगाडी बढाउनु अघि कोभिड-१९ परिक्षण गर्ने कार्यलाई निरन्तरता दिने निर्णय गरियो ।
निर्णय-२ अपराध अनुसन्धानको क्रममा शंकित व्यक्तिहरुलाई कसूरको गाभ्यिता एवं संवेदनशिलतालाई समेत मध्य नजर गरी पक्राउ नगरी अनुसन्धान गर्ने धरौटी, तारेख वा हाजिरी जमानीमा राखी अनुसन्धान गर्ने तर्फ विशेष ध्यान दिने निर्णय गरियो ।
निर्णय-३ फौजदारी कार्यविधी संहिताको अनुसुची १८ (२) अन्तर्गतको मुद्दाहरुको कारवाहीको क्रममा आपसी समन्वयलाई अझ सुदृढ गर्दै लैजाने निर्णय गरियो ।
जिल्ला सरकारी वकील कार्यालय तहको समन्वय समितिको बैठक । (मिति २०८१/५/१४ गते)
आ.व. २०८०।०८१ मा सञ्चालित समुदायमा सरकारी वकील अन्तरक्रिया कार्यक्रम।
जिल्ला सरकारी वकील कार्यालय, ओखलढुंगाको ऐतिहासिक भवन।
समुदायमा सरकारी वकील अन्तरक्रिया कार्यक्रम (श्री जनजीवन मा.वि. लिखु-९, पोकली, ओखलढुंगा - मिति २०८१।२।३ गते)
समुदायमा सरकारी वकील अन्तरक्रिया कार्यक्रम (श्री चम्पादेवी मा.वि. सि.न.पा.-८, सल्लेरी, ओखलढुंगा - मिति २०८१।१।२१ गते)
जिल्ला सरकारी वकील कार्यालय तहको समन्वय समितिको बैठक । (मिति २०८१/१/२० गते)
समुदायमा सरकारी वकील अन्तरक्रिया कार्यक्रम-२०८० (श्री भगवती मा.वि. मानेभञ्ज्याङ, ओखलढुंगा - मिति २०८०।१०।१४ गते)
मिति २०८०/९/१७ गतेका दिन यस कार्यालयका जिल्ला न्यायाधिवक्ता श्री विश्वास सुनुवारज्यूको संयोजकत्वमा श्री प्रमुख जिल्ला अधिकारी श्री चेतराज बरालज्यू, स.जि.न्या. श्री मुकुन्द कुमार रेग्मीज्यू, प्र.नि. श्री विकाश राईज्यू र ना.सु. श्री सुरेन्द्र पाण्डेज्यूको उपस्थितिमा समन्वय समितिको बैठक सम्पन्न।
मिति २०८०।८।२४ गते श्री सुनकोशी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, मुलखर्क, ओखलढुंगामा समुदायमा सरकारी वकील अन्तरक्रिया कार्यक्रम सम्पन्न ।
मिति २०७९।१०।१३ गते समुदायमा सरकारी वकील अन्तरक्रिया कार्यक्रम सम्पन्न ।