• यस कार्यालयवाट सम्पादन हुने काम कारवाहीका सम्वन्धमा कुनै सल्लाह, सुझाव वा गुनासो भए यस कार्यालयको टेलिफोन नं.०११-४९०-२३९ मा फोन गर्नुहुन वा कार्यालयको ईमेल dgao.kavrepalanchowk@ag.gov.npमा मेल गर्नुहुन अनुरोध छ

परिचय

 परिचय

नेपालको संविधानको भाग १२ धारा १५७ मा नेपालमा एक महान्यायाधिवक्ता रहने जसको नियुक्ति राष्ट्रपतिले प्रधानमन्त्रिको सिफारिसमा गर्ने भन्ने व्यवस्था रहेको छ भने धारा १५८ मा नेपाल सरकारको मुख्य कानुनी सल्लाहकार र मुख्य अभियोजनकर्ताको रुपमा महान्यायाधिवक्ताको व्यवस्था गरेको छ । नेपाल सरकार र सरकारी निकायलाई संवैधानिक एवं कानुनि प्रश्नमा कानुनी राय उपलव्ध गराउने समेतको काम, कर्तव्य र अधिकार महान्यायाधिवक्तालाई तोकीए स्वरुप उक्त महान्यायाधिवक्ताको संवैधानिक जिम्मेवारी वहन गर्न र कार्य सम्पादनमा सहयोग पुर्‍याउन देशभर विभिन्न तहमा सरकारी वकील कार्यालयको स्थापना गरी सरकारी वकिल र अन्य कर्मचारीको व्यवस्थापन गरी फौजदारी न्याय प्रशासन लगायतका कार्य सम्पादन हुँदै आएको छ । सोही संवैधानिक व्यवस्था अनुसार यस जिल्ला सरकारी वकील कार्यालय धुलिखेल, काभ्रेपलान्चोक,  यस काभ्रेपलान्चोक जिल्लाको सदरमुकाम धुलिखेल बजारमा अवस्थित रहेको छ । नेपालको मानचित्रमा ८५२४-८५0 ५३पुर्व देशान्तर र २७२०- २७४५उत्तर अक्षांशका वीच फैलिएर रहेको काभ्रे जिल्लाको क्षेत्रफल १३९६ वर्ग कि.मि. रहेको छ । जिल्लाको दक्षिणी सीमा हुदै वग्ने कोखाजोर खोला आसपासमा जिल्लाको न्युनतम उचाई विन्दु (करिव २८० मि.) फेला पर्दछ भने ३०१८ मिटर उचाई रहेको वेथान्चोक नारायण डाँडा सर्वाधिक उच्च विन्दु हो । जिल्लाको औसत लम्वाई (पुर्व/पश्चिम) ४२.०५ कि.मि. छ भने औसत चौडाई (उत्तर/दक्षिण) ३५.८२ कि.मि.रहेको छ।नेपालको मध्यपहाडी क्षेत्रमा पर्ने यस जिल्लामा अर्धउष्ण, न्यानो समशीतोष्ण र ठण्डा शीतोष्ण गरी मोटामोटी तीन प्रकारका हावापानी पाईन्छ । यस कार्यालयमा जिल्ला न्यायाधिवक्ता एक, सहायक जिल्ला न्यायाधिवक्ता दुई, कम्प्युटर अधिकृत एक, नायव सुव्वा तीन, खरिदार एक, हलुका सवारी चालक एक र कार्यालय सहयोगी तीन गरी जम्मा बाह्र जना कर्मचारीहरुको दरवन्दी रहेको छ । जसमा  स्वीकृत दरवन्दि मध्ये नायव सुव्वा  दुई र खरिदार  एक पदपूर्ति नभई  रिक्त रहेको  अवस्था छ  ।      

जिल्ला न्यायाधिवक्ता

रेशम आचार्य

सहायक जिल्ला न्यायाधिवक्ता/सूचना अधिकारी

राजीव न्यौपाने

सहायक जिल्ला न्यायाधिवक्ता

देवी गिरी