समुदायमा सरकारी वकील  कार्यक्रम छथरमा सम्पन्न

samachar

2075-12-12

 समुदायमा सरकारी वकील  कार्यक्रम छथर गा.पा. मा सम्पन्न 

चैत ८, दोस्रो पञ्चबर्षिय रणनीतिक योजना अन्तर्गत समुदायमा सरकारी वकील  कार्यक्रम छथर गा.पा. को सभाहलमा सम्पन्न, जिल्ला सरकारी वकील कार्यालय, तेह्रथुमले  सरकारी वकील कार्यालयको परिचय र सरकारी वकीलको काम कर्तव्य र अधिकार एवं पीडितलाई न्याय र पीडकलाई सजाय दिलाउने पक्रिया, तथा कानुनी सहायता, व्यबस्था बारेमा जानकारी गराउने, अपराधको सूचना दिन गाँउपालिकाका जनप्रति निधी तथा स्थानिय जनसमुदायका मानिसहरुलाई कानुनी सचेतना सञ्चार गर्ने उद्देश्यका साथ कार्यक्रम सम्पन्न भयो।

कार्यक्रमको अध्यक्षता श्री तेह्रथुम जिल्ला अदालतका माननीय जिल्ला न्यायाधीश नारायण प्रसाद पराजुली, प्रमुख  अतिथी गाँउपालिका प्रमुख सन्तविर लिम्वुले गर्नु भएको थियो । कार्यपत्र प्रस्तुत गर्दै जिल्ला सरकारी वकील कार्यालयका स.जि.न्या.व. श्री  दिपक बस्यालले  समुदायमा हुनसक्ने अपराधहरु, पालना गर्नुपर्ने कर्तव्य बारे जानकारी गराउनुभयो। ५० जनाको सहभागीतामा सञ्चालित कार्यक्रम जनचेतनामूलक भएकाले यस्ता कार्यक्रमहरु समुदायका सबै जनता समक्ष पुर्याउनुपर्ने कुरामा उपस्थित जनप्रतिनिधी तथा स्थानिय जनसमुदायका मानिसहरुले  जोड दिएका थिए। उक्त कार्यक्रममा स्थानिय जनसमुदायको उत्साहजनक सहभागिता र प्रश्नोत्तर शैलिमा सन्चालित कार्यक्रममा महिला हिंसा, बहु/बाल विवाह, जवरजस्ती करणी, लागु औषध जस्ता फौजदारी मुद्दाहरुको कानूनी समस्या र समाधानका उपायहरु बारे समेत चर्चा भएको थियो।गाँउपालिकाका प्रमुख सन्तविर लिम्वु,  उप-प्रमुख तारा खरेल ढकाल तथा अन्य उपस्थित महानुभावहरुले सरकारी वकील कार्यक्रमको प्रसंशा गर्दै कानूनी ज्ञानको कमी भएकोले सरकारी वकीलबाट यस्ता कार्यक्रम सन्चालन गर्दा समुदायका सवै वर्गहरुलाई प्रभावकारी हुने  विचार व्यक्त गर्नुभयो।समुदायका विशिष्ट व्यत्तित्वहरु सहभागी भएको कार्यक्रममा जिल्ला बार प्रतिनिधि,  अधिवत्ताहरु, निर्वाचित प्रतिनिधिहरु, न्यायीक समिति सदस्यहरु समेत सहभागी  भएको  कार्यक्रमको सन्चालन  अधिवक्ता नारायण प्रसाद लुइटेलले गर्नुभएको थियो ।

 

 


संलग्न जोडिएका विवरणहरु

download
समाचार