समुदायमा सरकारी वकील कार्यक्रम तिनजुरे मा.वि. लसुनेमा

samachar

2075-11-15

समुदायमा सरकारी वकील कार्यक्रम तिनजुरे मा.वि. लसुनेमा सम्पन्न

फागुन १३, दोस्रो पञ्चबर्षिय रणनितिक योजना अन्तर्गत श्री तिनजुरे माध्यमिक विद्यालय, ला..पा. ७ फिर्के,  तेह्रथुममा  जिल्ला सरकारी वकील कार्यालय, तेह्रथुमले  सरकारी वकील कार्यालयको परिचय र सरकारी वकीलको काम कर्तव्य र अधिकार एवं पीडितलाई न्याय र पीडकलाई सजाय दिलाउने पक्रिया, तथा कानुनी सहायता, व्यबस्था बारेमा जानकारी गराउने,  अपराधको सूचना दिने, उमेर समुहमा सम्भावित घटनाहरुबाट बच्ने उपायहरुको बारेमा विद्यार्थी वर्गहरुलाई कानुनी सचेतना सञ्चार गर्ने उद्देश्यको साथ कार्यक्रम सम्पन्न भयो।

 

कार्यपत्र प्रस्तुत गर्दै जिल्ला सरकारी वकिल कार्यालयका स.जि.न्या.व. श्री  दिपक बस्यालले  विद्यालय चरणमा हुनसक्ने अपराधहरु, पालना गर्नुपर्ने कर्तव्य बारे जानकारी गराउनुभयो। ७७ जनाको सहभागीतामा सञ्चालित कार्यक्रम जनचेतनामूलक भएकाले यस्ता कार्यक्रमहरु समुदायका सबै जनता समक्ष पुर्याउनुपर्ने कुरामा विद्यार्थीहरुले  जोड दिएका थिए। विद्यार्थीहरुको उत्साहजनक सहभागिता र प्रश्नोत्तर शैलिमा सन्चालित कार्यक्रममा महिला हिंसा, बहु/बाल विवाह, जवरजस्ती करणी, लागु औषध जस्ता मुद्दाहरुको कानूनी समस्या र समाधानका उपायहरु बारे समेत चर्चा भएको थियो।  विद्यालयका  प्र.अ. खगिन्द्र राना मगरले सरकारी वकील कार्यक्रमको प्रसंशा गर्दै कानूनको ज्ञानको कमी भएकोले सरकारी वकीलबाट यस्ता कार्यक्रम सन्चालन गर्दा विद्यार्थी वर्गहरुलाई प्रभावकारी हुने  विचार व्यक्त गर्नुभयो साथै आफ्नो विद्यालयलाई छनौटमा पारी कार्यक्रम आयोजना गरेकोमा विशेष धन्यवाद व्यक्त गनुभयो।विद्यार्थी  सुनिता कटवालले सरकारी वकील र यिसका काम कर्तव्यका साथै आफ्नो समूहका सँभावित अपराधका साथै त्यस्तो अबस्थामा गर्नुपर्ने कार्यहरु राम्रो लागेको कुरा बताउनुभयो। अन्तरक्रियात्मक रुपमा भएको  कार्यक्रमको सन्चालन राम कुमार श्रेष्ठले गर्नुभएको थियो ।

 


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार