2075-11-12
समुदायमा सरकारी वकील कार्यक्रम नारायण मा.वि. साब्लामा सम्पन्न
फागुन १२, दोस्रो पञ्चबर्षिय रणनितिक योजना अन्तर्गत मिति २०७५/११/१२ गते दिन श्री नारायण माध्यमिक विद्यालय, म्याङलुङ-९, साव्ला, तेह्रथुममा जिल्ला सरकारी वकील कार्यालय, तेह्रथुमले सरकारी वकील कार्यालयको परिचय र सरकारी वकीलको काम कारवाही बारे जानकारी दिने, कानूनी सहायता, व्यबस्था बारेमा जानकारी गराउने, अपराधको सूचना दिने, सरकारवादी मुद्दाको कसुर अपराधमा हुने सजायको बारेमा विद्यार्थी वर्गहरुलाई जानकारी गराउने उद्देश्यको साथ कार्यक्रम सम्पन्न भयो।
कार्यक्रमको कार्यपत्र जिल्ला सरकारी वकिल कार्यालयका स.जि.न्या.व. श्री दिपक बस्यालले प्रस्तुत गर्दै विद्यालय चरणमा हुनसक्ने अपराधहरु, गर्नुपर्ने कर्तव्य, सूचनाको महत्व माथि छलफल गर्नुभयो। जम्मा ४८ जनाको सहभागीतामा सञ्चालित कार्यक्रम समयसापेक्ष र जनचेतनामूलक भएकाले यस्ता कार्यक्रमहरु समुदायका सबै जनता समक्ष पुर्याउनुपर्ने कुरामा विद्यार्थीहरुले जोड दिएका थिए। विद्यार्थीहरुको उत्साहजनक सहभागिता र प्रश्नोत्तर शैलिमा सन्चालित कार्यक्रममा साईवर अपराध, बहु/बाल विवाह, जवरजस्ती करणी जस्ता मुद्दाहरुको कानूनी समस्या र समाधानका उपायहरु बारे समेत चर्चा भएको थियो। विद्यालयका प्र.अ. लोक बहादुर तुम्वाहाम्फेले उक्त विद्यालयमा सरकारी वकील कार्यक्रम सञ्चालन गरेर ज्यादै सह्रानीय काम गरेको र अझै यस्ता कार्यक्रमहरु सञ्चालन गरिरहन सुझाव सहित विचार व्यक्त गर्नुभएको थियो ।अन्तरक्रियात्मक कार्यक्रममा शिक्षक र विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको कार्यक्रमको सन्चालन दुर्गानारायण सुवेदीले गर्नुभएको थियो ।

यस कार्यालयको आ.व. २०८२/८३ को असोज महिना सम्मको त्रैमासिक प्रगती विवरण ।
यस कार्यालयको आ.व. २०८१/८२ को असार मसान्त सम्मको प्रगती विवरण ।
असोज महिनाको मुद्दा तर्फको मासिक प्रतिवेदन।
भदौ महिनाको मुद्दा तर्फको मासिक प्रतिवेदन
साउन महिनाको मासिक प्रतिवेदन
मुद्धा तर्फको बार्षिक प्रतिवेदन २०८१/८२
असार महिनाको मासिक प्रतिवेदन २०८१/८२
आ.व.२०८२ असार मसान्त सम्मको यस कार्यालयमा भएका कार्यहरुको स्वत प्रकाशन
आ.व.२०८१ चैत्र मसान्त सम्मको यस कार्यालयमा भएका कार्यहरुको स्वत प्रकाशन
आ.व.२०८१ मंसिर मसान्त सम्मको यस कार्यालयमा भएका कार्यहरुको स्वत प्रकाशन