2075-10-28
अर्धवार्षिक समिक्षा तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न
मिति २०७५।१०।२६ गते उच्च सरकारी वकील कार्यालय धनकुटाको आयोजनामा स्विकृत वार्षिक कार्यक्रमको अर्ध वार्षिक प्रगती समिक्षा प्रस्तुत गर्ने गरी उच्च सरकारी वकील कार्यालय धनकुटा मातहतका जिल्ला सरकारी वकील कार्यालयहरु तेह्रथुम, भोजपुर र धनकुटाले उक्त कार्यक्रममा सहभागिता जनाएका थिए प्रतिकुल मौसमका कारण जिल्ला सरकारी वकील कार्यालय सँखुवासभाले कार्याक्रममा सहभागिता जनाउन सकेन । उक्त कार्यक्रमको अध्यक्षता उ.स.व.का. धनकुटाका नि.सह न्यायाधिवक्ता श्री मनोज कुमार आचार्यले गर्नु भएको थियो भने प्रमुख अतिथी उच्च अदालत धनकुटाका रजिष्टर श्री सम्भु प्रसाद वराल हुनुहन्थ्यो ।

उ.स.व.का.धनकुटाका खरिदार निलुसा अधिकारीले सञ्चालन गर्नु भएको कार्यक्रममा उपस्थित कार्यालय प्रमुखहरुले आफ्नो कार्यालयको स्विकृत वार्षिक कार्ययोजना अनुसारको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथीले कार्यक्रमको प्रशंशा गर्दै निरन्तरताको आशा व्यत्त गर्नुभयो । कार्यक्रमका अध्यक्ष द्वारा समग्र प्रस्तुतिहरुमा टिप्पणी गर्दै योजनाले व्यबस्थित रुपमा कार्य गर्न सहयोग गरेको र योजनाको सफल कार्यान्वयनले सरकारी वकील कार्यालयलाई समय सापेक्ष वनाउन सहयोग पुग्ने विचार व्यत्त गर्नुभयो। उक्त कार्याक्रममा उच्च सरकारी वकील कार्यालय धनकुटा मातहतका कर्मचारीहरु मध्ये एक जना उकृष्ट कर्मचारीलाई परस्कृत गर्ने समन्वय समितिको निर्णय अनुसार जिल्ला सरकारी वकील कार्यालय भोजपुरका ना.सु. श्री शम्भु प्रसाद पराजुलीलाई प्रमाण पत्र र रु.५०००।- नगद सहित सम्मान गरियो।
वनभोज सहितको कार्यक्रम एकदमै समय सान्दर्भिक र उच्च अन्तर्गतका समस्या समाधान गर्ने एवँ अर्ध बार्षिक रुपमा भेटघाट गर्ने अवसरको रुपमा लिईएको छ।
२०८३ जेठ महिनाको मासिक प्रतिवेदन ।
२०८३ बैशाख मसान्त सम्म यस कार्यालयको कार्यको प्रगती विवरण ।
२०८३ साल बैशाख महिनाको मासिक प्रतिवेदन
चैत महिनाको मुद्दा तर्फको मासिक प्रतिवेदन ।
फागुन महिनामा मुद्दा तर्फको मासिक प्रतिवेदन ।
माघ महिनाको मुद्दा तर्फको मासिक प्रतिवेदन।
यस कार्यालयको आ.व. २०८२/८३ को पुस महिना सम्मको त्रैमासिक प्रगती विवरण ।
पुस महिनाको मासिक प्रतिवेदन
मंसिर महिनाको मासिक प्रतिवेदन
यस कार्यालयको आ.व. २०८२/८३ को असोज महिना सम्मको त्रैमासिक प्रगती विवरण ।