2075-9-26
समुदायमा सरकारी वकील कार्यक्रम फेदापमा सम्पन्न
दोस्रो पञ्चबर्षिय रणनितिक योजना अन्तर्गत मिति २०७५/०९/१३ गते को दिन श्री जनज्योति उच्च माध्यमिक विद्यालय, फेदाप-१, तेह्रथुममा जिल्ला सरकारी वकील कार्यालय, तेह्रथुमले सरकारी वकील तथा कार्यालयको परिचय काम कारवाही बारे जानकारी दिने, अपराधको सूचना दिने, पीडित, साक्षीको सहायता, संरक्षणको समुदायलाई जानकारी गराउने, समुदायसँग प्रत्यक्ष सरोकार राख्ने कानून, कानूनी सहायता, कानूनी व्यबस्था बारेमा जानकारी गराउने उद्देश्यको साथ सम्पन भयो ।
उक्त समुदायमा सरकारी वकील कार्यक्रम सञ्चालन गरेर ज्यादै सह्रानीय काम गरेको र अझै यस्ता कार्यक्रमहरु सञ्चालन गरिरहन सुझाव दिदै प्रमुख अतिथी तेह्रथुम जिल्ला अदालतका माननीय जिल्ला न्यायाधीश श्री नारायण प्रसाद पराजुली, विद्यालयका प्र.अ. हरिनारायण अधिकारी, फेदाप गाउँपालिकाको उपाध्यक्ष गीता देवी थापा, जिल्ला वार एशोसिएसन तेह्रथुमका अध्यक्ष मान बहादुर लिम्वु, ते.जि.अ का स्रेस्तेदार, अम्विका प्रसाद दाहाल , अधिवक्ता नारायण प्रसाद लुइटेल , वैतनिक अधिवक्ता अम्विका पोखरेल लगायतका महानुभावहरुले कानुनी उपचारकाे सम्वन्धमा समुदाय लक्षित विचार व्यक्त गर्नुभएको थियो ।


यस कार्यक्रमको कार्यपत्र जिल्ला सरकारी वकिल कार्यालयका स.जि.न्या.व श्री दिपक बस्यालले प्रस्तुत गर्नुभएको थियो । ५७ जना सहभागी भई सन्चालित कार्यक्रम समयसापेक्ष र जनचेतनामूलक भएकाले यस्ता कार्यक्रमहरु समुदायका सबै जनता समक्ष पुर्याउनुपर्ने कुरामा वत्ताहरुले जाेड दिनुभयो । कार्यक्रममा कानूनी समस्या र समाधानका उपायहरु बारे समेत चर्चा भएको थियो । अन्तरक्रियात्मक र सहभागितामूलक रुपमा सन्चालित कार्यक्रममा कानूनकाे अाधारमा निर्णय लिनुपर्ने व्यत्तित्व , कानूनका व्याख्याताहरु, कानून कार्यान्वायन गर्ने निकायका व्यत्तित्व , शिक्षक, विद्यार्थीहरुकाे समेत उत्साहजनक सहभागिता थियाे।
२०८३ जेठ महिनाको मासिक प्रतिवेदन ।
२०८३ बैशाख मसान्त सम्म यस कार्यालयको कार्यको प्रगती विवरण ।
२०८३ साल बैशाख महिनाको मासिक प्रतिवेदन
चैत महिनाको मुद्दा तर्फको मासिक प्रतिवेदन ।
फागुन महिनामा मुद्दा तर्फको मासिक प्रतिवेदन ।
माघ महिनाको मुद्दा तर्फको मासिक प्रतिवेदन।
यस कार्यालयको आ.व. २०८२/८३ को पुस महिना सम्मको त्रैमासिक प्रगती विवरण ।
पुस महिनाको मासिक प्रतिवेदन
मंसिर महिनाको मासिक प्रतिवेदन
यस कार्यालयको आ.व. २०८२/८३ को असोज महिना सम्मको त्रैमासिक प्रगती विवरण ।