छथर गा.पा.-२ स्थित सरस्वति मा.वि.मा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ।

samachar

2080-10-23

मिति २०८०/१०/२१ गते श्री सरस्वति मा.वि. छथर गा.पा.-२ शुक्रवारे तेह्रथुमको सभाहलमा जिल्ला सरकारी वकील कार्यालय तेह्रथुम द्धारा आयोजित समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न भएको छ । समाजमा हुने आपराधिक क्रियाकलापहरुको नियन्त्रण गर्न, अपराधको प्रभावकारी अनुसन्धान गरी अभियोजन गर्न र दोषीलाई सजाय दिलाई पीडितलाई न्याय प्रदान गरी समाजमा शान्ति सु-व्यवस्था कायम गर्नु फौजदारी न्याय प‍्रणालीको उद्देश्यको विषयमा करिव १०० जनाको उच्च सहभागितामा कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम संचालकको भूमिका यस कार्यलयका नायब सुब्बा श्री प्रमोद घिमिरेले  निर्वाह गर्नु भएको थियो भने छलफलमा उठेका विषयहरुलाई सहायक जिल्ला न्ययाधिवक्ता श्री दिव्याकुमारी भट्टराई र जिल्ला न्यायाधिवक्ता श्री पुरुषोत्तम खतिवडाले सम्बोधन गर्नुका साथै विषयबस्तुहरुको प्रस्तुति समेत गर्नु भएको थियो ।

 


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार