२०७९ जेष्ठ महिनाको नियमित बैठक (Staff Meeting) सम्वन्धमा :- (२०७९।०२।२७ गते शुक्रबार)

samachar

2079-2-27

आज मिति २०७९।०२।२७ गते शुक्रबार श्री उच्च सरकारी वकील कार्यालय बुटवलका कार्यालय प्रमुख एवं सह-न्यायाधिवक्ता श्रीमान् मोहन सागर बश्यालज्यूको अध्यक्षतामा देहायका कर्मचारीहरुको उपस्थितिमा नियमित बैठक सम्पन्न गरी देहायका प्रस्तावमा छलफल गरी देहाय बमोजिमको निर्णय गरियो ।

उपस्थिति:-

सह-न्यायाधिवक्ता श्री मोहनसागर बश्याल

उप-न्यायाधिवक्ता श्री कृष्णचन्द पाण्डे

उप-न्यायाधिवक्ता श्री विष्णु प्रसाद आचार्य

सहायक न्यायाधिवक्ता श्री तिकलराम लम्साल

सहायक न्यायाधिवक्ता श्री लक्ष्‍मी न्यौपाने

सहायक न्यायाधिवक्ता श्री बसन्तराज पोख्रेल

टाइपिष्ट नायब सुब्बा श्री चन्द्रावती खाती

नायव सुब्बा श्री काशिराम लोध

कम्प्यूटर अपरेटर श्री बुद्धिराम पराजुली

कम्प्युटर अपरेटर श्री शान्ति गैरे

नायब सुब्बा श्री सुशिला ज्ञवाली

नायब सुब्बा श्री बासुदेव पन्थी

लेखापाल श्री पुजन ज्ञवाली

खरिदार श्री यनराज अर्याल

हलुका सवारी चालक श्री जगत बहादुर सापकोटा

कार्यालय सहयोगी श्री हरिलाल पौडेल

कार्यालय सहयोगी श्री पुष्पा सारु

कार्यालय सहयोगी श्री भुपेन्द्र लम्साल

कार्यालय सहयोगी श्री सरिता खड्का

कार्यालय सहयोगी श्री निशान्त पौडेल

छलफलका लागि प्रस्तुत भएका प्रस्ताव (ऐजेण्डा) हरु :

प्रस्ताव नं. १ : कार्यालय व्यवस्थापन तथा संचालन र विविध सम्वन्धमा ।

प्रस्ताव नं. २ : आ.वं. ०७९।०८० को वार्षिक कार्ययोजना सम्वन्धमा ।

निर्णयहरु:

प्रस्ताव नं. १ माथि छलफल गर्दा

  • वार्षिक कार्ययोजना अनुसार गरेका कामहरुको समिक्षा गरियो र सम्पन्न हुन नसकेका बाँकी कामहरुको तदारुकताका साथ असार मसान्त भित्र सम्पन्न गर्ने गरि निर्णय गरियो ।
  • कार्यालयमा आउने सेवाग्राहीबाट कार्यसम्पादन मापन प्रयोजनार्थ देहाय बमोजिमको  (५) पाँच सदस्य समिति गठन गरी उक्त समितिद्धारा तयार पारिएको सेवाग्राही सन्तुष्टि फाराम सेवाग्राहीबाट भर्न लगाई  असार देखि प्रयोगमा ल्याउने निर्णय गरियो ।

        सदस्यहरु :

          उपन्यायाधिवक्ता श्री विष्णु प्रसाद आचार्य

          सहायक न्यायाधिवक्ता श्री लक्ष्मी न्यौपाने

          कम्प्यूटर अपरेटर श्री बुद्धिराम पराजुली

          नायव सुब्बा श्री सुशिला ज्ञवाली

          नायव सुब्बा श्री बासुदेव पन्थी 

  • यस कार्यालयमा रहेका गुनासो पेटिका समय समयमा खोली उजुरी वा गुनासाको व्यवस्थापन गर्ने गरिएकोमा सुशासन ऐन, २०६४ को दफा ३१ बमोजिम उजुरी एवं गुनासो सुनुवाईको व्यवस्थालाई प्रभावकारी बनाउन अब उप्रान्त कार्यालयका सहायक न्यायाधिवक्ता श्री लक्ष्मी न्‍यौपानेज्यूको संयोजनमा प्राप्त गुनासाको बारेमा कार्यालय प्रमुखलाई जानकारी गराई कानून बमोजिम गुनासो व्यवस्थापनको निकासा लिने निर्णय गरियो।

प्रस्ताव नं. २ उपर छलफल गर्दा आ.व. २०७९।०८० को वार्षिक कार्ययोजनाका सम्वन्धमा महान्यायाधिवक्ताको च.नं. १७५० मिति २०७९।०२।१३ को पत्रानुसार तेस्रो पञ्चवर्षिय रणनीतिक योजना (आ.व. ०७८।०७९-२०८२।०८३) ले निर्दिष्ट गरे बमोजिम रणनीतिक योजना कार्यान्वयनका लागि यस कार्यालयको आ.व. २०७९।०८० को वार्षिक कार्ययोजना योजना शाखाको संयोजकत्व एवं उप-न्यायाधिवक्ता श्री बिष्णु प्रसाद आचार्यको सहजिकरणमा तयार पारी असार १० भित्र सह-न्यायाधिवक्ताज्यू समक्ष पेश गर्ने निर्णय गरियो ।


संलग्न जोडिएका विवरणहरु

No Attachments
सूचना

महान्यायाधिवक्ताको कार्यालयको मिति २०८२/०४/१५ गतेको परिपत्र सम्बन्धमा ।


महान्यायाधिवक्ताको कार्यालयबाट उच्च सरकारी वकील कार्यालयको लागि स्वीकृत वार्षिक कार्ययोजना (आ.व. ०८१।०८२)


महान्यायाधिवक्ताको कार्यालयबाट उच्च सरकारी वकील कार्यालयको लागि स्वीकृत वार्षिक कार्ययोजना (आ.व. ०८२।०८३)


स्वीकृत वार्षिक कार्ययोजना आ.व. २०८२।०८३ 'मातहत जि.स.व.का. (रुपन्देही, नवलपरासी (ब.सु.प.), कपिलबस्तु, अर्घाखाँची, गुल्मी र पाल्पा)'


अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरूको तेस्रो राष्ट्रिय सम्मेलन, २०८२ को घोषणापत्र ....


महान्यायाधिवक्ताको कार्यालयको मिति २०८२।०१।३१ गते परिपत्र सम्वन्धमा ....


महान्यायाधिवक्ताको कार्यालयको निर्देशन सम्बन्धमा ..... (२०८१।०१।३१)


२०७८ बैशाख २ गते देखि २०८० असोज ४ गतेसम्म महान्यायाधिवक्ताको कार्यालयबाट जारी भएका निर्देशन तथा परिपत्रहरुको संगालो .....


बढुवा सचिवालयको बढुवा सिफारिस सम्वन्धी सूचना (२०८१।११।१२)


महान्यायाधिवक्ताको कार्यालयको निर्देशन सम्बन्धमा (२०८१।०६।०८)


समाचार

उच्च सरकारी वकील कार्यालयको समन्वय समितिको बैठक सम्वन्धमा (२०८२।०५।०३ गते मंगलबार)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।०३।११)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न...... (२०८२।०१।२६)


उच्च सरकारी वकील कार्यालय, समन्वय समितिको बैठक सम्बन्धमा ..... (२०८१।०९।२१)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ..( दोस्रो संस्करण २०८१।०८।१७)


समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न ..(२०८१।०७।०९)


कार्यालयको नियमित बैठक सम्बन्धमा ..(२०८१।०७।०६)


मातहत कार्यालयहरुसँग भएको बैठक/अन्तरक्रिया सम्बन्धमा ..(२०८१।०६।१८)


कार्यालय प्रमुख श्री सोमकान्ता भण्डारीद्धारा पदभार ग्रहण (Photo Features)


माननीय महान्यायाधिवक्ता श्री रमेश बडालज्यू समेतको टोलीबाट कार्यालयको अनुगमन निरीक्षण सम्वन्धमा (२०८१।०५।०१ र २ गते)