2078-11-26
२४ फागुन २०७८, लालीगुराँस नगरपालिका तथा यस जिल्ला सरकारी वकील कार्यालयको आयोजनामा तेह्रथुम जिल्ला स्थित लालीगुराँस नगरपालिकाको सभाहलमा ११२ औं नारी दिवसको अवसर पारेर समुदायका महिलाहरुलाई महिला कानुनी साक्षरता सम्बन्धी अभिमुखीकरण गर्दै समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न भएको छ । महिला अधिकार, लैङ्गिक न्याय लगायत विविध कानूनी व्यवस्थाको बारेमा अन्तर्क्रिया गरिएको उक्त कार्यक्रममा यस कार्यालयका निमित्त जिल्ला न्यायाधिवक्ता श्री गोविन्द प्रसाद हुमागाईंले उल्लिखित विषयहरु समेटिएको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । लालीगुराँस नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक तिला पोख्रेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन नगरपालिकाका महिला विकास शाखाका शाखा प्रमुख श्री फणिन्द्रा घिमिरेले गर्नु भएको थियो । सो कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत श्री सविना श्रेष्ठ, शिक्षा अधिकृत श्री सुरक्षा चापागाई, सामाजिक विकास शाखा प्रमुख श्री रामकृष्ण निरौला लगायतका ५३ जनाको उपस्थितिमा कार्यक्रम संचालन भएको थियो । उपस्थित आमा, दिदी, बहिनीहरुले जवर्जस्ती करणी, बालविवाह, बहुविवाह, विद्युतीय अपराध आदि बारेमा विभिन्न जिज्ञासाहरु राख्नु भएको थियो । ती सबै जिज्ञासाहरुको सम्बोधन निमित्त जिल्ला न्यायाधिवक्ता गोविन्द प्रसाद हुमागाईंले गर्नु भएको थियो ।
२०८३ भदौ महिनाको मासिक प्रतिवेदन ।
आ.व.८२/८३ को असार मसान्त सम्मको प्रगती विवरण
२०८३ साल साउन महिनाको मासिक प्रतिवेदन
आ.व. २०८२/८३ को मुद्दा तर्फको बार्षिक प्रतिवेदन
२०८३ साल असार महिनाको मासिक प्रतिवेदन
२०८३ जेठ महिनाको मासिक प्रतिवेदन ।
२०८३ बैशाख मसान्त सम्म यस कार्यालयको कार्यको प्रगती विवरण ।
२०८३ साल बैशाख महिनाको मासिक प्रतिवेदन
चैत महिनाको मुद्दा तर्फको मासिक प्रतिवेदन ।
फागुन महिनामा मुद्दा तर्फको मासिक प्रतिवेदन ।