मितिः २०७८।०६।१७ मा समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न गरिएको

samachar

2078-6-18

२०७८ असोज १७, समुदायमा सरकारी वकील कार्यक्रम म्याङलुङ नगरपालिका वडा नं.१ स्थितमा रहेको सिंहवाहिनी माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न भएको छ । जिल्ला सरकारी वकील कार्यालय, तेह्रथुम र जिल्ला प्रहरी कार्यालय तेह्रथुमले उक्त कार्यक्रम संयुक्त रुपमा संचालन गरेको हो ।  सरकारी वकील कार्यालयको परिचय,सरकारी वकीलको काम, कर्तव्य र अधिकार, न्यायिक प्रक्रिया, सरकार वादी हुने मुद्दाहरु, अपराधको अनुसन्धान र न्याय निरुपणमा समुदायको भूमिका‚ विद्युतीय अपराध र सो अपराधबाट बच्ने उपायहरु  आदिका बारेमा सो विद्यालयमा अध्ययनरत माध्यमिक तहका (कक्षा ११ र कक्षा १२ का कानून संकाय समेतका) छात्र छात्राहरुलाई प्रवचन तथा अन्तरक्रियात्मक विधिबाट प्रशिक्षण गरिएको थियो ।

जिल्ला सरकारी वकील कार्यालयका सहायक  जिल्ला न्यायाधिवक्ता श्री गोविन्द प्रसाद हुमागाईको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कोमल ठाकुर‚ सो विद्यालयका शिक्षकहरु समेतको उपस्थिति रहेको थियो।विद्युतीय अपराध र सो अपराधबाट बच्ने उपायका बारेमा प्रहरी निरीक्षक कोमल ठाकुरले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।मुद्दाको कारवाही प्रक्रिया तथा सरकारवादी मद्दाहरुको सम्बन्धमा यस कार्यालयका नायब सुब्बा श्री दुर्गा नारायण सुवेदीले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने , सरकारी वकील कार्यालयको परिचय, सरकारी वकीलको काम, कर्तव्य र  अधिकार तथा मुद्दाको अनुसन्धान र न्याय निरुपणमा समुदायको भूमिकाको सम्बन्धमा निमित्त जिल्ला न्यायाधिवक्ता श्री गोविन्द प्रसाद हुमागाईले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो।उक्त कार्यक्रममा ८३ जनाको सहभागिता रहेको थियो।उक्त  कार्यक्रमको सञ्चालन समेत यस कार्यालयका नायब सुब्बा श्री दुर्गा नारायण सुवेदीले गर्नुभएको थियो।


संलग्न जोडिएका विवरणहरु

No Attachments