2078-6-8
८ असोज २०७८, अनुसन्धान र अभियोजनलाई प्रभावकारी बनाउन जिल्ला स्तरमा जिल्ला न्यायाधिवक्ता वा जिल्ला सरकारी वकील कार्यालयका कार्यालय प्रमुखको संयोजकत्वमा गठित समन्वय समितिको बैठक सरोकारवाला समेतको उपस्थितिमा यस कार्यालयका निमित्त जिल्ला न्यायाधिवक्ता श्री गोविन्द प्रसाद हुमागाईको अध्यक्षतामा सम्पन्न भएको छ । गत आर्थिक वर्षमा यस कार्यालयबाट सम्पादित कार्यहरुको समिक्षा सहित यस कार्यालयको वार्षिक कार्ययोजना कार्यान्वयन तथा फौजदारी मुद्दाको अनुसन्धान, अभियोजन र फैसला कार्यान्वयन समेतका विषयमा बैठकमा छलफल भई महत्वपूर्ण निर्णयहरु भएका छन् । उक्त बैठकमा समन्वय समितिका सदस्यको अलावा तेह्रथुम जिल्ला अदालतका माननीय जिल्ला न्यायाधीश श्री महेन्द्र प्रसाद पोखरेल श्रेस्तेदार श्री पारसमणि पोखरेल नेपाल बार ईकाई तेह्रथुमका अध्यक्ष श्री कृष्ण प्रसाद भट्टराई तेह्रथुम जिल्ला अस्पतालका डाक्टर श्री सुगत अधिकारी डिभिजन वन कार्यालयका सहायक वन अधिकृत श्री सन्तोष कुमार चौधरी मालपोत कार्यालय तेह्रथुमका निमित्त कार्यालय प्रमुख शैलेन्द्र खड्का समेतको उपस्थिति रहेको थियो ।
२०८३ भदौ महिनाको मासिक प्रतिवेदन ।
आ.व.८२/८३ को असार मसान्त सम्मको प्रगती विवरण
२०८३ साल साउन महिनाको मासिक प्रतिवेदन
आ.व. २०८२/८३ को मुद्दा तर्फको बार्षिक प्रतिवेदन
२०८३ साल असार महिनाको मासिक प्रतिवेदन
२०८३ जेठ महिनाको मासिक प्रतिवेदन ।
२०८३ बैशाख मसान्त सम्म यस कार्यालयको कार्यको प्रगती विवरण ।
२०८३ साल बैशाख महिनाको मासिक प्रतिवेदन
चैत महिनाको मुद्दा तर्फको मासिक प्रतिवेदन ।
फागुन महिनामा मुद्दा तर्फको मासिक प्रतिवेदन ।