नागरिक वडापत्र

जिल्ला सरकारी वकील कार्यालय, भक्तपुर

सुशासन ( व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा २५

र सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली, २०६५ को नियम १४ को प्रयोजनार्थ

नागरिक वडापत्र

क्र.सं. कार्य विवरण लाग्ने समय सम्बन्धित फाँट सम्बन्धित अधिकारी गुनासो सुन्ने अधिकारी
१. मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को अनुसुची-१ मा उल्लिखित नेपाल सरकार वादी भई चल्ने मुद्दाहरु । कानूनको हदम्याद भित्र मुद्दा फाँट जिल्ला न्यायाधिवक्ता /  स.जिल्ला न्यायाधिवक्ता जिल्ला न्यायाधिवक्ता
२. मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को अनुसुची-२ मा उल्लिखित नेपाल सरकार वादी भई चल्ने मुद्दाहरु । कानूनको हदम्याद भित्र मुद्दा फाँट जिल्ला न्यायाधिवक्ता /  स.जिल्ला न्यायाधिवक्ता जिल्ला न्यायाधिवक्ता
३. मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को अनुसुची-१ वा अनुसुची-२ मा उल्लिखित मुद्दाहरु बाहेक नेपाल सरकार सँग सम्बन्धित मुद्दाहरु । सम्बन्धित निकायबाट प्रतिरक्षा गरि पाउँ भनी लेखि आएमा प्रतिरक्षा गर्ने । मुद्दा फाँट जिल्ला न्यायाधिवक्ता /  स.जिल्ला न्यायाधिवक्ता जिल्ला न्यायाधिवक्ता
४. थुनछेक तथा प्रतिरक्षा सम्बन्धित अड्डा/ अदालतमा अभियोग पत्र पेश भई प्रतिवादीको बयान सम्पन्न भए पछि । मुद्दा फाँट जिल्ला न्यायाधिवक्ता /  स.जिल्ला न्यायाधिवक्ता जिल्ला न्यायाधिवक्ता
५. मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३ बमोजिम गरिने निवेदन सम्बन्धित अदालतबाट थुनछेक आदेश भएको १०  दिन भित्र । मुद्दा फाँट जिल्ला न्यायाधिवक्ता /  स.जिल्ला न्यायाधिवक्ता जिल्ला न्यायाधिवक्ता
६. पीडितको परामर्साश / साक्षीको बकपत्र गराउने र त्यस सम्बन्धी अन्य कार्य सम्बन्धित कार्यालयबाठ साक्षी उपस्थित भएको आधा घण्टा भित्र अड्डा अदालतमा उपस्थित गराई सोही दिन बकपत्र गराउने । मुद्दा फाँट जिल्ला न्यायाधिवक्ता /  स.जिल्ला न्यायाधिवक्ता जिल्ला न्यायाधिवक्ता
७. पुनरावेदन मस्यौदा तयारी गरी पठाउने अदालतमा दायर गरिने पुनरावेदन पत्र पुनरावेदन म्याद भित्र उच्च सरकारी वकील कार्यालय पठाइने , पुनरावेदन गर्ने /नगर्ने प्रस्ताव पुनरावेदन म्याद प्राप्त भएको मितिले १० दिन भित्र मुद्दा फाँट जिल्ला न्यायाधिवक्ता /  स.जिल्ला न्यायाधिवक्ता जिल्ला न्यायाधिवक्ता
८. मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११७ को उपदफा (२) बमोजिम मिलापत्र गराउन आदेश दिने/नदिने निर्णय गर्ने रितपूर्वक निवेदन र कागजात प्राप्त भएको मितिले ५ दिन भित्र मुद्दा फाँट जिल्ला न्यायाधिवक्ता /  स.जिल्ला न्यायाधिवक्ता जिल्ला न्यायाधिवक्ता
९. कार्यालयमा प्राप्त हुने पत्र तथा निवेदन लयागत विविध कार्यहरु मनासिव समयभित्र मुद्दा फाँट प्रशासन शाखा प्रमुख जिल्ला न्यायाधिवक्ता