2077-11-10
२०७७ फागुन ७, दोस्रो पञ्चबर्षिय रणनीतिक योजना अन्तर्गत समुदायमा सरकारी वकील कार्यक्रम म्याङलुङ नगरपालिका वडा नं.१ र २ को सभाहलमा सम्पन्न भएको छ । जिल्ला सरकारी वकील कार्यालय, तेह्रथुमले सरकारी वकील कार्यालयको परिचय,सरकारी वकीलको काम, कर्तव्य र अधिकार, मुद्दाको कार्यविधि, सरकारी मुद्दाहरु, न्यायनिरुपणमा समुदायको भूमीका पीडितका अधिकार आदिका बारेमा म्याङलुङ नगरपालिका भित्रका विद्यालयहरुमा अध्ययनरत माध्यमिक तहका (कक्षा ८ देखि कक्षा १२ सम्मका) छात्राहरुलाई प्रवचन तथा अन्तरक्रियात्मक विधिबाट प्रशिक्षण गरिएको थियो ।
जिल्ला सरकारी वकील कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता श्री गोविन्द प्रसाद हुमागाईको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सरकारी वकील कार्यालयको परिचय, सरकारी वकीलको काम, कर्तव्य र अधिकारको सम्बन्धमा यस कार्यालयका नायब सुब्बा श्री दुर्गा नारायण सुवेदीले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने मुद्दाको कारवाही प्रक्रिया,सरकारवादी मद्दाहरु, पीडितका अधिकार र न्याय निरुपणमा समुदायको मूमिका समेतका विषयमा सहायक जिल्ला न्यायाधिवक्ता श्री गोविन्द प्रसाद हुमागाईले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो।उक्त कार्यक्रममा ७८ जनाको सहभागिता रहेको थियो। उक्त कार्यक्रमको सञ्चालन यस कार्यालयका नायब सुब्बा श्री दुर्गा नारायण सुवेदीले गर्नुभएको थियो ।
२०८३ भदौ महिनाको मासिक प्रतिवेदन ।
आ.व.८२/८३ को असार मसान्त सम्मको प्रगती विवरण
२०८३ साल साउन महिनाको मासिक प्रतिवेदन
आ.व. २०८२/८३ को मुद्दा तर्फको बार्षिक प्रतिवेदन
२०८३ साल असार महिनाको मासिक प्रतिवेदन
२०८३ जेठ महिनाको मासिक प्रतिवेदन ।
२०८३ बैशाख मसान्त सम्म यस कार्यालयको कार्यको प्रगती विवरण ।
२०८३ साल बैशाख महिनाको मासिक प्रतिवेदन
चैत महिनाको मुद्दा तर्फको मासिक प्रतिवेदन ।
फागुन महिनामा मुद्दा तर्फको मासिक प्रतिवेदन ।