जिल्ला सरकारी वकील कार्यालय रामेछापको
नागरिक वडापत्र
क.स |
कार्यविवरण |
लाग्ने समय |
सम्वन्धित फाँट |
सम्बन्धित अधिकारी |
गुनासो सुन्ने अधिकारी |
१. |
मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ को अनुसूची-१ मा उल्लेखित नेपाल सरकार वादी भई चल्ने मुद्दाहरु। |
प्रहरी कार्यालयबाट अनुसन्धान प्रक्रिया पुरा भई अनुसन्धान प्रतिवेदन सहित सक्कल मिसिल प्राप्त भएको ३ दिन भित्र निर्णय गरी सम्बन्धित अदालतमा अभियोग पत्र दायर गर्ने । |
मुद्दा फाँट |
सहायक जिल्ला न्यायाधिवक्ता / नायव सुब्बा |
जिल्ला न्यायाधिवक्ता |
२. |
मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ को अनुसूची-२ मा उल्लेखित नेपाल सरकार वादी भई चल्ने मुद्दाहरु। |
अनुसन्धान अधिकारीबाट अनुसन्धान प्रक्रिया पुरा गरी निर्णयको लागि मिसिल प्राप्त भएको ३ दिन भित्र निर्णय गरी पठाउने । |
मुद्दा फाँट |
सहायक जिल्ला न्यायाधिवक्ता / नायव सुब्बा |
जिल्ला न्यायाधिवक्ता |
३. |
मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ को अनुसूची-१ वा अनुसूची- २ मा उल्लेखित मुद्दाहरु बाहेक अनुसुची -३ मा उल्लेखित मुद्दाहरु । |
सम्बन्धित निकायबाट प्रतिरक्षा गरी पाउँ भनि लेखि आएमा प्रतिरक्षा गर्ने । |
मुद्दा फाँट |
सहायक जिल्ला न्यायाधिवक्ता / नायव सुब्बा |
जिल्ला न्यायाधिवक्ता |
४. |
थुनछेक तथा प्रतिरक्षा । |
सम्बन्धित अड्डा/अदालतमा अभियोगपत्र पेश भए पछि । |
मुद्दा फाँट |
सहायक जिल्ला न्यायाधिवक्ता / नायव सुब्बा |
जिल्ला न्यायाधिवक्ता |
५. |
मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ को दफा ७३ बमोजिम गरिने निवेदन । |
सम्बन्धित अदालतबाट थुनछेक आदेश भएको १० दिन भित्र । |
मुद्दा फाँट |
सहायक जिल्ला न्यायाधिवक्ता / नायव सुब्बा |
जिल्ला न्यायाधिवक्ता |
६. |
साक्षी वकपत्र गराउने । |
सम्बन्धित कार्यालयबाट साक्षी उपस्थित भएको एक घण्टा भित्र अड्डा अदालतमा उपस्थित गराई यथासिघ्र वकपत्र गराउने । |
मुद्दा फाँट |
सहायक जिल्ला न्यायाधिवक्ता / नायव सुब्बा |
जिल्ला न्यायाधिवक्ता |
७. |
पुनरावेदन/ मुद्दा दोहोर्याई हेरी पाँऊ भन्ने प्रस्ताव । |
अदालतमा दायर गरिने पुनरावेदन पत्र पुनरावेदन म्याद भित्र र उच्च सरकारी वकील कार्यालय पठाईने पुनरावेदन गर्ने / नगर्ने मुद्दा दोहोर्याई हेरी पाँऊ भन्ने प्रस्ताव पुनरावेदन म्याद प्राप्त भएको मितिले १० दिन भित्र । |
मुद्दा फाँट |
सहायक जिल्ला न्यायाधिवक्ता / नायव सुब्बा |
जिल्ला न्यायाधिवक्ता |
८. |
सरकारी पक्षको साक्षी गवाहलाई वकपत्र गरे वापत भत्ता दिईने। |
सरकारी पक्षको साक्षी गवाहलाई निजहरुले अड्डा अदालतमा उपस्थित भई वकपत्र गरे वापत राजपत्र अनंकित प्रथम श्रेणीको सरकारी कर्मचारीले पाए सरहको दैनिक भ्रमण भत्ता भुक्तानीको लागि जिल्ला प्रहरी कार्यालयमा लेखी पठाउने । |
मुद्दा फाँट |
सहायक जिल्ला न्यायाधिवक्ता / नायव सुब्बा |
जिल्ला न्यायाधिवक्ता |
९. |
दस्तुर नलाग्ने । |
अड्डा अदालतमा नेपाल सरकार पक्ष वा विपक्ष भएको कुनै पनि मुद्दा दायर गर्दा सो वापत र त्यसको काम कारवाहीको सिलशिलामा कुनै दस्तुर नलाग्ने । |
मुद्दा फाँट |
सहायक जिल्ला न्यायाधिवक्ता / नायव सुब्बा |
जिल्ला न्यायाधिवक्ता |