समुदाय-प्रहरी साझेदारी र समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न २०७६/८/४

samachar

2076-8-5

समुदाय-प्रहरी साझेदारी र समुदायमा सरकारी वकील कार्यक्रम सम्पन्न

महान्यायाधिवक्ताको कार्यालयको च.नं. ४५९०, मिति २०७६/७/२९ गतेको परिपत्र अनुसार मिति २०७६ मंसिर ४ गते देशभरका सरकारी वकील कार्यालय र प्रहरी कार्यालयहरुले संयुक्त रुपमा समुदाय-प्रहरी साझेदारी र समुदायमा सरकारी वकील कार्यक्रम आयोजना गर्नु भनि उल्लेख गरिए वमोजिम जिल्ला सरकारी वकील कार्यालय, तेह्रथुम र जिल्ला प्रहरी कार्यालय, तेह्रथुमको संयुक्त रुपमा भएको कार्यक्रम लालीगुरास न.पा. ७ स्थित तिनजुरे माध्यमिक विद्यालय लसुनेमा सम्पन्‍न भयो।

कार्यक्रमको अध्यक्षता जिल्ला प्रहरी कार्यालय, तेह्रथुमका प्रहरी नायब उपरिक्षक श्री नविन किशोर प्रधानले गर्नुभयो। सो कार्यक्रमको प्रमुख अतिथि लालीगुरास न.पा. वडा नं. ७ का वडाध्यक्ष तथा तिनजुरे मा.वि. का विद्यालय व्यवस्थापनका अध्यक्ष श्री देवेन्द्र खड्का, विषेश अतिथि विद्यालयका प्र.. श्री खगेन्द्र राना, जिल्ला सरकारी वकील कार्यालय, तेह्रथुमका नि.जि.न्या.. श्री दिपक बस्याल, जिल्ला वार एशोसिएसनका सदस्य अधिवक्ता श्री डिक बहादुर कार्की, प्रहरी चौकी लसुनेका ईन्चार्ज श्री महानन्द दुलाल भएको कार्यक्रमको सञ्चालन प्र..नि. रमेश वस्नेतले तथा जि...का. तेह्रथुमका खरिदार श्री राम कुमार श्रेष्ठले सम्पूर्ण सहभागीहरुलाई स्वागत गरी कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो।

८५ जना भन्दा वढी सहभागिता भएको कार्यक्रममा कक्षा ९ र १० का विद्यार्थी तथा अभिभावकहरु समेतको उपस्थिति रहेको थियो । दुई वटा कार्यपत्र प्रस्तुत गरिएको कार्यक्रममा नेपाल प्रहरी नायब उपरीक्षक नविन किशोर प्रधानले आफ्नो कार्यपत्र प्रस्तुत गर्दै नेपाल प्रहरीको जानकारी, नेपाल प्रहरीले गर्ने अनुसन्धान सम्बन्धमा जानकारी तथा वालबालिका केन्द्रित अपराधहरुको जानकारी, त्यसको लक्षण, अपराधको न्युनिकरणका लागी गर्नुपर्ने कार्यहरु र नेपाल प्रहरीलाई सम्पर्क गर्ने तरिका वारे जानकारी गराउनुभयो । त्यसैगरी, अर्को कार्यपत्र नि.जि.न्या.. श्री दिपक बस्यालले  सरकारी वकील कार्यालयबाट सम्पादन हुने कार्यहरु, अनुसन्धान र अभियोजनमा सरकारी वकीलको भुमिका, पीडितको संरक्षण, सरकार वादी भएर चल्ने मुद्दाहरु र स्वच्छ सुनुवाई सम्बन्धी जानकारीहरु वारे कार्यपत्रमा प्रस्तुत गर्नुभएको थियो । कार्यपत्र प्रस्तुती पछि सहभागीहरु विच सोही विषयमा छलफल भयो । छलफल पछि जिल्ला वार एशोसिएसनका सदस्य अधिवक्ता श्री डिक बहादुर कार्कीले पीडितलाई न्याय र पीडकलाई सजाय गराउनको लागी बार एशोसिएसनले सहयोग गर्ने र स्वच्छ सुनुवाई तथा न्याय सम्बन्धी हकको प्रचलनको लागी अधिवक्ताहरु क्रियाशिल रहेको उल्लेख गर्नुभयो । साथै यस्ता कार्यक्रमको महत्व दर्शाउदै यस्ता कार्यक्रम सञ्चालन गर्दा समुदायका सवै वर्गहरुलाई प्रभावकारी हुने विचार राख्दै जिल्ला प्रहरी कार्यालय, तेह्रथुमका प्रहरी नायब उपरीक्षक श्री नविन किशोर प्रधानले मन्तब्य सहित कार्यक्रमको समापन गर्नुभएको थियो।


संलग्न जोडिएका विवरणहरु

No Attachments
समाचार